महिला ट्वाइलेटमा लुक्ने पुरुषलाई अनौठो सजाय

16:56 Posted by Admin


बेलायतमा एक भारतीय मूलका एक आरोपीलाई अनौठो सजाय सुनाइएको छ । ३२ वर्षीय सुखवीर सिंहलाई इङ्ग्ल्याण्ड र वेल्समा रहेका म्याकडोनाल्डका १२ हजार रेष्टुरेन्टमा गएर खानपान गर्न रोक लगाइएको हो ।
आफ्नो यौन सन्तुष्टिका लागि महिला शौचालयमा गएर अरुको गोपनियता भंग गरेको आरोपमा उनलाई यो सजाय सुनाइएको हो । यद्यपी उनले यसलाई अस्वीकार गरेका छन् । घटना केही समय अघिको हो । उनले आफ्नो यौन सन्तुष्टिका लागि म्याकडोनाल्डको एक रेष्टुरेन्टको महिला शौचालयमा लुकेर बसेको र एक महिलाले देखेपछि कर्मचारीलाई खबर गरेको डेलिमेलले जनाएको छ ।
सुखबीरलाई रेस्टुरेन्ट वाहेकका स्थानमा पनि महिला कक्ष र ट्वाइलेटबाट समेत टाढा रहन आदेश दिएको छ ।
६ महिनासम्म उनीमाथि नजर राखिनेछ भने १२ महिनासम्म सामुदायिक सेवामा योगदान दिनु पर्नेछ । यस्तै दुई जना महिलालाई ५०-५० पाउण्ड क्षतिपूर्ति दिनु पर्नेछ भने कानूनी खर्चका लागि ६ सय २० पाउण्ड दिनु पर्नेछ ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment