म राजाको गुणगान गाएर हुर्किएकी हुँ : माल्भिका सुब्बा(भिडियो सहित )

03:26 Posted by npnews

१७ साउन, काठमाडौं । नेपाल गणतन्त्रात्मक मुलुक भएको पाँच वर्ष भैसकेको छ । तर, कतिपयको मनबाट भने राजा र राजतन्त्र अझै बाहिरिन सकेको छैन । पूर्वमिस नेपाल माल्भिका सुब्बा पनि यस्तै कोटीमा पर्छिन् । माल्भिकाले आफू राजावादी भएको बताउँदै आफूलाई ‘राजाको गुणगान गाएर हुर्किएकी’ बताएकी छिन् । अनलाइखबरसँगको बिशेष कुराकानीमा माल्भिकाले सानैबाट राजाको गुणगान गाएर हुर्केको मानिसले एक्कासी गणतन्त्र आयो भन्दैमा त्यसलाई स्वीकार गर्न नसक्ने बताएकी हुन् । ’निश्चितरुपमा म राजवादी मान्छे हुँ, हामी हुर्किएकै राजाको गुणगान गाएर हो, राजा नै सर्वोपरि हो भन्दै राष्ट्रिय गान गाएर हुर्कियौं- माल्भिका भन्छिन-’अहिले आएर एक्कासी राजतन्त्र छैन, राजा मान्दैनौ भन्ने कन्सेप्टमा जानै चाहान्नौं ।’

उनलाई नेपालमा पुनः राजतन्त्र र्फकन्छ भन्ने कुरामा भने विश्वास छैन । तर, उनी राजा आउने या नआउनेभन्दा पनि जनताले आधारभूत आवश्यकता पुरा गर्न पाउनुपर्ने बताउँछिन् । राजतन्त्रको समाप्तिपछि आएको माओवादीबाट धेरैले राम्रो भन्दा पनि नराम्रो कुरा सिकेको उनको तर्क छ । सबैलाई अगाडि बढ्न सक्छु, प्रधानमन्त्री हुन सक्छु भन्ने लाग्यो, कुर्सीको तँछाडमछाड चलिरहेको छ, आफ्नो इगोका लागि लडिरहनुभएको छ, तर त्यो नै देशका लागि हानिकार भयो, माल्भिकाले भनिन् । आफूले माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराईबाट धेरै आशा गरे पनि सबै निराशामा बदलिएको उनको तर्क छ । उहाँहरुलाई काम नै गर्न दिइएन, यसैले पदबाट राजीनामा दिनुभयो । नेपालमा ५ वर्षसम्म स्थायित्व पाउने र काम गर्न सक्ने सरकार चाहिएको छ, माल्भिकाले भनिन् । बेला बेलामा पूर्व नेपाल सुन्दरीले फेसबुकमा देशको राजनीतिक अवस्थाको बिषयमा पनि आक्रोश व्यक्त गर्दै आएकी छन् । ‘नेपालमा दैनिकी चलाउन नै गाह्रो हुने अवस्था आइसकेको छ’, माल्भिकाले भनिन्,-अब त झन बढी बिजुली जान थाल्छ, काम गर्न गाह्रो हुन्छ, अब तपाई नै भन्नुहोस् कस्तो छ देशको अवस्था ? ‘मेरो विचारमा देशको समस्या समाधानका लागि ५ वर्ष एउटै व्यक्तिलाई देश चलाउन दिनुपर्छ, जसले राष्ट्रलाई कानुनको दायरामा राखोस्’, माल्भिकाले भनिन् । उनलाई जनमत संग्रह भएको खण्डमा राजा आउने कुरामा खासै चासो छैन । चुनाव भएपछि जनताले फेरि कुन पार्टीलाई चुन्ने भन्ने कुराको फैसला गर्ने भन्दै माल्भिकाले आफू पनि त्यही दिनको प्रतिक्षामा रहेको बताइन् । मेरो पनि राजनीति गर्ने योजना थियो पूर्व मिस नेपाल माल्भिकाले आफ्नो पनि राजनीति गर्ने योजना रहेको खुलासा गरेकी छन् । एउटा महिला समुह खोलेर राजनीति गर्ने र चुनाव लड्ने योजना आफ्नो पनि भएको भन्दै उनले पछि आफू यो क्षेत्रमा आउन नसक्ने सोचेर पछि हटेको उनको तर्क छ । ‘न त मैले राजनीतिशास्त्र नै पढेको छु, न मलाई अन्तरराष्ट्रिय कानुनको बारेमा नै केही थाहा छ, यसैले मैले राजनीतिक यात्रा सुरु गर्नु गलत हो भन्ने लाग्यो र छोडें’ माल्भिकाले भनिन्, मैले युवाहरुका समस्यालाई अगाडि ल्याउन सक्छु, देशको भूमण्डलको बिषयलाई उठाउन सक्छु, तर यसका लागि राजनीति नै गर्नु पर्दैन ।’ नेपालका नेताहरुले देशको र विश्वको कानुनको बिषयमा केही पनि नबुझेकाले यस्तो अवस्था आएको उनको तर्क छ । अशिक्षित नेताहरुले गर्दा देश बिगि्रएको आरोप माल्भिकाले लगाइन् । भारत र अमेरिकामा नै हेर्ने हो भने केन्द्रमा आउनुअघि प्रान्तको चुनाव जित्नुपर्छ तर, नेपालमा जो पनि नेता बन्ने, नपढेकाले पनि पद चलाउने गर्दा देश बिगि्रयो, माल्भिकाले विश्लेषण गर्दै भनिन् । ‘देशकै नीति थाहा नहुनेले कसरी जनताको पीर र मर्का बुझ्छ ?’ माल्भिकाले नेताहरुलाई प्रश्न गरिन् । पुरा भिडियो हेर्नुहोस !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment