बर्दियाको एक कार्यालयमा दिउसै चितुवा, हेर्नेको भिड

06:31 Posted by npnews

बर्दियाको सदरमुकाम गुलरियास्थित दलित महिला उत्थान संघको कार्यालयमा दिउसै पसेर यस्तो उधम मच्चायो हेर्नुस
 बर्दियाको सदरमुकाम गुलरियास्थित दलित महिला उत्थान संघको कार्यालयमा दिउसै प्रबेश गरेको चितुवालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।

आज विहान करिब ११ बजेतिर एक्कासी प्रबेश गरेको चितुवालाई बेलुका ५ बजे नियन्त्रणमा लिइएको हो । चितुवालाई नियन्त्रणमा लिनका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले बेहोस हुने इन्जेक्सन लगाएपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लगिएको चितुवालाई आजै बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।कार्यालयभित्र प्रबेश गर्दा चितुवाले सडकमा हिडरहेका  गुलरिया ६ का अन्दाजी २२ बर्षिय कृष्ण गुप्तालाई आक्रमण गरेको थियो । कार्यालयबाट निस्केर फेरि साइकल चलाएर विद्यालयबाट घर फर्किरहेका १३ बर्षीय बालक शुशिल चन्दलाई पनि आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

चितुवाको आक्रमणमा परि गम्भिर घाइते भएका बालक चन्दको नेपालगञ्जमा उपचार भइरहेको र अर्का घाइते गुप्ताको गुलरियास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ ।गुलरिया ६ जिविस रोडस्थित सुुन्दर संसार संस्थाको कार्यालय र दलित महिला उत्थान संघको कार्यालय रहेकोे घरमा चितुवा पसेपछि हेर्ने मानिसहरुको घुइँचो लागेको थियो । दिउँसै घरभित्र चितुवा पसेपछि बर्दियामा यसको ठूलो चर्चा चलेको छ । दिनभरि स्थानीय एफ.एम. रेडियोहरुले यस घटनाको प्रत्यक्ष प्रसारण समेत गरेका थिए । बर्दियामा चितुवाले कस्तो उधम मच्चायो भिडियोमा हेर्नुस !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment