भूमिकाद्धारा झुण्डिएर आत्महत्या : प्रहरी

06:30 Posted by npnews

 श्रावण ११एजेन्सी । गत असार १ गते काठमाडौंको महाराजगञ्ज चुनदेवीस्थित डेराको वाथरुमा मृत अवस्थामा फेला परेकी भूमिका कोचर जाटियाको मृत्युलाई नेपाल प्रहरीले आत्महत्या भनेको छ । भारतीयमुलकी अमेरिकी नागरिक भूमिका कोचर जाटियाको मृत्युबारे अनुसन्धान गरेको महानगरीय प्रहरी परिसर र अपराध अनुसन्धान विभागले आज राधजानीमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरी भूमिकाले वाथरुममा डोरीको पासो लगाई आत्महत्या गरेको पाइएको बताएका हुन् । 

भूमिकाको हत्या गरिएको आशंकामा उनका बाबुले भूमिकाका पति लगायतविरुद्ध जाहेरी दिएपछि प्रहरीले दोहो-याएर अनुसन्धान गरेको हो । 

महाशाखा र परिसरका प्रमुखहरुले पोष्टमार्टम रिपोर्टबाट भूमिकाले पासो लगाई आत्महत्या गरेको देखाएको र भिसेरा जाँचबाट पनि कुनै पनि विष प्रयोग गरेको नदेखिएको बताए । यद्यपी भिसेरा टेष्टका लागि मुलुकबाहिर पठाइने पनि प्रहरीले जनाएको छ ।
प्रहरीले पारिवारिक तनावका कारण भूमिकाले आत्महत्या गरेको हुनसक्ने आशंका समेत गरेको छ । अमेरिकामा अध्ययनका लागि गएका भारतीय नागरिक आकाश जाटियासँग प्रेम सम्बन्ध भएपछि उनीहरुले नेपाल आई विवाह गरेको प्रहरीले जनाएको छ । 
तर, विवाह भएको केही समयपछि नै उनीहरुको सम्बन्ध बिग्रिएको र भूमिकाले आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । भूमिकाका श्रीमान आकाश जाटिया नेपालको जगदम्बा स्टिल्समा कार्यरत छन् । 
भूमिकाको रहस्यमय मृत्युलाई लिएर न्यूयोर्कबाट निर्वाचत अमेरिकी प्रतिनिधिसभाका सदस्यले निष्पक्ष छानविन नभए नेपाललाई दिईदै आएको अमेरिकी सहयोग रोक्न पहल गर्ने चेतावनी को भिडियो हेर्नुहोस !!!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment