पूर्वराजा ज्ञानेन्द्र शाहले लेखे नयाँ राष्ट्रिय गीत हेर्नुहोस !!!

02:52 Posted by npnews

पूर्वराजा ज्ञानेन्द्र शाहले यस्तो राष्ट्रिय गीत रचना गरेका रहेछन ,हेर्नुस !!!!
२३ असार, काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गद्दी त्याग गरेको झन्डै पाँच बर्षपछि पहिलोपटक फेरि एउटा राष्ट्रिय गीत रचना गरेका छन् । ‘हिमाल पहाड तराई’ शीर्षकमा भर्खरै राष्ट्रिय गीत रचना गरेको आइतबार प्रकाशित अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । केही अघि पूर्वी तराईको भ्रमण गरेर फर्केका शाह आफ्ना समर्थक र शुभेक्छुकका बीच आइतबार ६७ औं शुभजन्मोत्सव मनाउँदैछन् । उनले विगतमा जी शाहका नाममा गीत तथा कविता रचना गर्दे आएका थिए । उनले रचना गरेका गीतको सीडीसमेत उनी गद्दीबाट हट्नुअघि सार्वजनिक भएको थियो । ‘पहिला पनि गीत लेखिबक्सन्थ्यो,’ शाहका निकट सहयोगी फणी पाठकले भने, ‘२०६५ जेठ २९ मा सत्ताबाट हटिबक्सेपछि लेखेको यो नै पहिलो गीत हो ।’ उनले मुलुकको सामयिक स्थिति महसुस गरी गीत लेखेका छन् । जसमा विभिन्न जातजातिबीचको एकता र मुलुकको अखण्डता केन्द्रमा राखिएको छ । पूर्वराजाले लेखेको गीत यस्तो छः
                       पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय गीत सुन्न तलको बक्समा डबल क्लिक गर्नु होला                                            

  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment