विश्व क्रिकेटमा उचो स्थानमा पुग्यो नेपाल, नेपालीमा हर्ष–रिपोर्ट (भिडियोसहित)

07:24 Posted by npnews

बैशाख २२ । बर्मुडामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन ३ को फाइनलमा आज नेपालले युगाण्डाको सामना गर्दैछ । खेल बेलुका सवा सात बजे ह्यामिल्टनस्थित राष्ट्रिय रंगशालामा हुनेछ । हिजो इटालीलाई पराजित गरेसँगै डिभिजन २ मा प्रवेश र विश्वकप छनौट खेल खेल्ने पक्का गरेको नेपाली टिम आज उच्च मनोबलको साथ मैदान उत्रनेछ । प्रतियोगिताको आफ्नो दोस्रो खेलमा युगाण्डासँगै ६ विकेटको नमिठो पराजय ब्यहोरेको नेपाली टिम आज त्यो हार बिर्साउने रणनीतिमा हुनेछ । यसअघि गयराती नेपालले इटालीलाई ८ विकेटले हरायो । समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले इटालीमाथि सानदार जित दर्ता गरेको हो । जितको लागि पाएको १२८ रनको झिनो विजय लक्ष्य नेपालले १४ दशमलव ३ ओभरमा २ विकेट गुमाउदै पुरा गर्‍यो ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment