महिनैपिच्छे सामूहिक बलात्कार(दिनदिनै बढीरहेको गम्भीर अपराध)

07:21 Posted by npnews

पछिल्लो समयको बढ्दो बलात्कारका घटनाहरूको श्रृङ्खलाले सीमा नाघेको छ । हरेक हप्ता दर्जन बढी महिला दिदीवहिनीहरू बलात्कृत हुनु परेको तीतो यथार्थ हामीसामु छ । जसले गर्दा पिडक र पिडीत दुवै हरेक दिन समाचारका पात्र बन्ने गरेका छन् । वर्षभरी भएका बलात्कारका घटना हेर्दा बालिकामाथि हुने यौनजन्य दुवर्यवहार र बलात्कार बढेको पाइएको छ । १६ वर्षमुनिका बालिकामाथि परिवारका सदस्य र छरछिमेकीबाटै बलात्कार भएको पाइएको छ । जब मान्छेमा नैतिक पतन हुन्छ उसले सच्चा अन्तस्चेतना� गुमाउँछ जब सच्चा अन्तस्चेतना गुमाउँछ तब त्यो व्यक्ति विकृति र विसंगति तिर लालयित हुन्छ अन्ततः उ जघन्य अपराधको निष्कर्ष ः हामी नैतिकता, चरित्रवान र अनुशासित हुनु पर्छ । एक श्रीमान एक श्रीमतीको भावनाको विकास हुनुपर्छ । साथै विवाहभन्दा पहिले पवित्रतता र विवाहभन्दा पछि विश्वसनीयताको अभ्यास गर्नुपर्छ । श्रीमान् देखि स्तरका पुरुष आफ्नै बुबा, आमा, दिदीवहिनी हुन् भन्ने धारणाको विकास हुनुपर्छ र त्यो व्यवहारिक हुनुपर्छ । यदि यस्तो धारणाको विकास भएर व्यवहारमा उतार्न सक्छौँ । ६ वर्षीया अवोध बालिकादेखि लिएर भिक्षुणी सम्मका चेलीहरू बलात्कृत हुनु पर्दैन ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment