चितुवा घरभित्र पसेपछि हेर्न स्थानीयवासीको घुइँचो

17:27 Posted by npnews

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
३१ वैशाख, भक्तपुर । टीकाथली-७ का कृष्णबहादुर केसीको घरभित्र पसेको चितुवालाई करिब पाँच घन्टापछि नियन्त्रणमा लिइएको छ । बिहान करिब १०:३० बजे भाग्दैआएको पोथी चितुवा घरभित्र पसेपछि केसीले बाहिरबाट ढोको ताल्चा मारेर भित्र थुनिराखेको चितुवालाई सदर चिडियाखानाबाट आएको टोलीले बेहोस हुने सुईको प्रयोग गरेर नियन्त्रणमा लिएको छ । 
चितुवा घरभित्र पसेपछि केसीका परिवार र स्थानीय बासिन्दा आतङ्कित भएका थिए । केसीले घरपारिबाट लखेटिएको चितुवा आफ्नो घरभित्र पसेपछि बाहिरबाट ढोका लगाएर प्रहरीलाई खबर गरिएको बताउनुभयो । यो वर्ष मात्रै भक्तपुरमा आधा दर्जनभन्दा बढी चितुवा समातिएको र तीन वटा मारिएको छ । रासस 
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment