सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच कुटाकुट

07:56 Posted by npnews

रौतहट - घुस असुलीको बिषयलाई लिएर रौतहटको गौर भन्सार नाकामा आज नेपाल प्रहरीका जवानलाई सशस्त्र प्रहरीका सहायक हवल्दारले कुटपिट गरेका छन्। तस्करी सामान लिएर जाँदै गरेका एकजना भारतीयलाई नियन्त्रणमा लिन २ जना प्रहरी जवान राममंगल सिंह र सन्त राउत कुर्मीले खोजेपछि सशस्त्रका सहायक हवल्दार कृष्ण थापाले गालीगलौज गर्दै कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्।भारतको सीमावर्ती बैरगनियाका रामप्रवेश ठाकुरले गौरका व्यापारी रामअयोध्या साहको पसलबाट १ सय ४० मिटर पाइप प्रति मिटर १ सय १४ रुपैयाँका दरले खरिद गरेर लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीका सहायक हवल्दार थापाले तीन सय रुपैयाँ लिएर भन्सार राजश्व नै नतिरी भारत लैजान छुट दिएका थिए। भन्सार नाकामै सादा पोशाकमा रहेका नेपाल प्रहरीका जवान कुर्मी र पोशाकमा रहेका सिंहले पाइप लैजाँदै गरेका ठाकुरलाई नियन्त्रणमा लिएर भन्सार प्रहरी चौकीमा लान थालेपछि आफूले सशस्त्र प्रहरीलाई रकम दिइसकेको बताएपछि सशस्त्रले सो भारतीय नागरिकलाई छुटाउन नेपाल प्रहरीलाई कुटपिट गरेको स्रोतले बताएको छ । 
भन्सार पोष्टमा तैनाथ एक प्रहरी जवानका अनुसार १५ जना सशस्त्र प्रहरी पोष्ट भित्र प्रवेश गरी एसएलआर तेर्स्याएर ती व्यापारीलाई तुरुन्त छोड्न चेतावनी दिएको तथा अन्य सशस्त्रका जवानहरु हामीलाई कुट्न कार्यालय परीसरमा राखिएको इँटा समेत उठाएका थिए । यो घटना भइँरहदा सर्वसाधारणको भीड बढेपछि सशस्त्र प्रहरी त्यहाँबाट आफना पोष्ट तिर लागेको ती प्रहरी जवानले बताए। 
भन्सार सुरक्षा गार्डको नियन्त्रणमा रहेका व्यापारी ठाकुरले गौर रामअयोध्या जसवालको पसलबाट १४० मिटर खानेपानीको पाइप किनेर वैरगनिया तर्फ जान लागेको बताउँदै सशस्त्र प्रहरीलाई मिलाएर जान लागेको बताए।
सशस्त्र प्रहरीको कुटपिटबाट जवानद्धय सिह र कुर्मीलाई सामान्य चोट लागेको छ। यस विषयमा प्रहरी उपरिक्षक गोविन्दराम परियारले यहाँ कुनै घटना नै नभएको दाबी गरेका छन्।
विवाद चर्किएपछि नेपाल प्रहरीले पाइपसहित भारतीय नागरिक ठाकुरलाई नियन्त्रणमा लिएर राखेको छ। जिल्ला सुरक्षा समितीको बैठक बसिरहेकै बेला भन्सार नाकामा दुइवटा सुरक्षा अंगका सुरक्षाकर्मीबीच कुटाकुट भएको हो। घटनाबारे सशस्त्र प्रहरीका एसपी प्रेमराज पोखरेलले नेपाल प्रहरीका जवान पोशाकमा नभएकाले नचिनेर भनाभन मात्र भएको तर कुटाकुट नभएको दाबी गरेका छन्।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment