झापामा हात्ती आतंक, एक बृद्धाको मृत्यु

17:18 Posted by npnews

२९ वैशाख, झापा । जङ्गली हात्तीको आक्रमणमा परी आज एक वृद्धाको झापामा मृत्यु भएको छ । बुधवारे-५ बस्ने ८४ वर्षीया कृष्णकुमारी राईको मृत्यु भएको जिल्ला वन कार्यालय झापाले जनाएको छ । यो समेत चालु आर्थिक वर्षमा झापामा जङ्गली हात्तीको आक्रमणमा परी सातजनाको मृत्यु भइसकेको छ ।प्राप्त जानकारीअनुसार, घरबाट बाहिर निस्केर घुमफिर गरिहेको अवस्थामा बिहान ५:३० बजे एक्कासी एउटा जङ्गली हात्तीले आक्रमण गरेपछि उनी गम्भीर रूपले घाइते भएकी थिइन् । मेची अञ्चल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।आसपासको क्षेत्रमा यतिखेर हात्तीको आतङ्क छाएको छ । स्थानीय मागुरवारी जङ्गलमा बस्दै आएका हात्ती बाहिर निस्केर मानिसहरुलाई आक्रमण गर्ने गरेका छन् । यतिखेर ती हात्ती पुनः सोही जङ्गलमा पसेको बताइएको छ ।
यसैबीच, हात्तीको आक्रमणमा परेर मृत्यु भएका परिवारलाई राहतस्वरुप आजै रु ५० हजार उपलब्ध गराउने जिल्ला वन कार्यालयका प्रमुख विष्णु भण्डारीले जानकारी गराएका छन् । सरकारले हात्तीको आक्रमणमा परी मृत्यु भएका परिवारलाई राहतस्वरुप नगद तीन लाख उपलब्ध गराउने नीतिअनुरुप सो रकममध्येबाट उपलब्ध गराउन लागिएको उनले बताए । रासस
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment