बिकायो महिलाको टुप्पी : दिनमा १६ लिटर सनक्क

00:41 Posted by npnews

जाँडरक्सीको कुलतमा मान्छे फसेको कुरा त सामान्य हो । तर बेलायतकी एक महिला भने कोकाकोलाको कुलतमा फसेकी छिन् । बेलायतको चेशाएरमा बस्ने ४२ वर्षकी ज्याकी बालनलाई दिनमा ८ लिटर कोक पिउनुपर्छ । साँच्चीकै उनलाई कोकको लत नै लागेको छ । कुनै दिन कोक पिउन अलि कम गर्योकी निकै टाउको दुख्छ । उनी भन्छिन्, ‘म कोक बिना ४० मिनेटभन्दा बढि बस्न सक्दिन । मैले कोक पिउन बन्द गर्नै सक्दिन, म थाकिसकेँ ।’

कोकले आफ्नो टुप्पी बिकाइसकेको र वर्षमा कोककै लागि वाषिर्क ३ हजार पाउण्ड छुट्टाउन नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ । आफु किशोरी छँदा आफ्नै बाउआमाको रेष्टुरेन्टमा गएर कोक खाँदा आफुले कोक खाने बानी सिकेको र कहिलेकाहीँ त दिनमा १६ लिटरसम्म पनि कोक पिएको उनको भनाइ छ ।
कोकको लत कसरी छुटाउने ? मलाई विशेषज्ञको सल्लाह चाहियो । नत्र मलाई कोकका लागि खर्च गर्न आर्थिक सहयोग चाहियो, उनी भन्छिन् ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment