विश्व रेकर्डका लागि आर्थिक सहयोग जुटाउँदै दुई युवा

09:11 Posted by Admin


दमक ।
भुटानी शरणार्थीहरुले पहिलोपटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउनका लागि आर्थिक सहयोग संकलन गरिरहेका छन् ।
मंसीर २५ गते झापाको दमकमा गर्ने कार्यक्रमका लागि शरणार्थी सहयोग समुह बनाएर उनीहरुले अर्थ संकलन गरेका हुन् ।
बेलडाँगी २ बिस्तारित शिविरका निलहरि उप्रेती र बेलडाँगी २ का डिककुमार गुरुङले निरन्तर ७२ घण्टा हात मिलाएर नयाँ विश्व रेकर्ड कायम गर्न लागेका हुन् । त्यसका लागि उनीहरुले ३ दिन देखि केही नखाइ बस्ने जनाएका छन् ।
यसअघि परीक्षणका रुपमा असार २, ३ र ४ गते उनीहरुले झापाको बेलडाँगी शिविरमा ५१ घण्टा हात मिलाएका थिए ।
२ नेपालीले राखेको बिश्व किर्तिमान भड्ग गर्नका लागि उप्रेती र गुरूङले हात मिलाएर रेकर्ड राख्न तम्सिएका हुन् ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment