ओबामाले दिए छोरीलाई ब्वाईफ्रेन्ड बनाउने छुट, फेसबुकबाट भने दुर !

12:28 Posted by Admin


एजेन्सी, कार्तिक २४ । अमेरिकी राष्ट्रपतिको चुनावमा भर्खरै पुनः जित हासिल गरेका राष्ट्रपति बाराक ओबामाले आफ्नी छोरीहरुलाई ब्वाईफ्रेन्ड बनाउने इजाजत दिएका छन् । चुनावमा विजयी भएर खुशि भएका ओबामाले तय गरेका छन् कि उनकी १४ वर्षीया छोरी मालिया र ११ वर्षीया छोरी साशाका केटा साथीलाई ह्वाईट हाउसमा बस्न एक विशेष स्थान बनाइनेछ ।

ओबामाको चाहना छ कि उनकी छोरीहरु अन्य व्यक्तिहरु जस्तै सामान्य रुपले हुर्किउन् । ओबामा आफ्ना छोरीहरुलाई ती सम्पूर्ण चीजहरुबाट आनन्द दिन चाहन्छन् जुन हरेक किशोरावस्थामा व्यक्तिहरुले खोज्ने गर्छन् ।

बाराक ओबामा अब अर्को ४ वर्षपछि जब राष्ट्रपतिको पदबाट बाहिर हुन्छन् तब उनकी ठूली छोरी १८ र सानी छोरी १४ वर्षको हुने स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार ओबामाका छोरीहरुका फेसबुक अकाउन्ट भने नहुने भएको छ ।
ओबामाकी पत्नी मिशेल ओबामाले पछिल्लो महिना भनेकी थिइन् कि उनले सोसियल मिडिया र इन्टरनेटको घातक प्रभावको बारेमा छोरीहरुसँग छलफल गरेकी थिइन् । ओबामा परिवारले अहिलेसम्म यि दूई छोरीहरुलाई पब्लिसिटीबाट टाढा राख्दै आएका छन् । सर्वसाधारणलाई यि दुई छोरीहरुको बारेमा त्यतिमात्रै जानकारी छ, जति कुराहरु ओबामा परिवारले बाहिर ल्याएको छ ।

हालै राष्ट्रपति पदका आफ्ना प्रतिद्धन्द्धी मिट रोम्नीलाई पराजितगरी मञ्चमा उभ्भिदा ओबामाका २ छोरीहरु पनि सँगै थिए । जसलाई निकै मुस्किलका साथमा मात्रै स्रोतको कथन छ ।

  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment