लौ हेर्नुहोस् त २६ सय बेलुनबाट एउटा घर नै बनेछ !

20:05 Posted by Admin

यदि तपाईसँग २६ सय बेलुन छ र फुर्सदिलो हुनुहुन्छ भने के गर्नुहुन्छ । २/४ बटा फुकेर उडाउनु हुन्छ, घरमा बालबच्चा भए उनीहरूलार्इ खेल्न दिनुहुन्छ  यस्तै यस्तै हुनेछ धेरैको जवाफ ।

एक चर्चित बेलुन कलाकार जेरमी टेलफोर्डको सहज जवfफ छ-फिल्म ‘द होब्बिट’मा देखाइएको बेगिन्स परिवारको घर जस्तै बनाउँछु ।’

उनले यो घर बनाउन ४० घण्टा खर्चिएका छन् । उनले भनेका छन्-’म द होब्बिटबाट केही बनाउन चाहन्थे । म र श्रीमती बसेर कोठामा रहेका फर्निचर बाहिर लैजाने र त्यहाँ के बनाउने भन्ने योजना बनायौं ।’

उनीहरुले चलचित्र हेर्दै कोठालाई बेलुनले सजाउन थाले । त्यही क्रममा उनले हरेक १८ सेकेण्डमा तस्वीर खिच्ने गरी क्यामरा समेत सेट गरेका थिए । –डेलिमेलको सहयोगमा
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment