बाराक ओबामा ले ट्वीटरमा बिस्व कृतिमान राखे

06:31 Posted by Admin

अमेरिकामा आबामा मात्र लोकपि्रय छैनन् उनको ट्वीटको लोकपि्रयताले पनि अहिलेसम्मको सबै रेकर्ड तोकेको छ । अमेरिकी राष्ट्रपतिको निर्वाचनको दिन कुल ३.२० करोड ट्वीट भएको छ, जसमध्ये सवा २ करोड चुनावको पहिलो चरणको मतदान लगतै भएको थियो । जित लगतै गरिएको आबामाको ट्वीट ‘थप चार वर्ष’ आबामाको अहिलेसम्मको सर्वाधिक रिट्वीट भएको ट्वीटरले जनाएको छ । जब ओबामालाई विजयी घोषणा भयो, त्यसबेला अमेरिकामा ३ लाख २७ हजार ४ सय ५२ ट्वीट प्रतिमिनेट थियो । उक्त समय चुनावको क्रमको सबैभन्दा बढी ट्वीट भएको थियो । अमेरिकी राष्ट्रपतिको चुनावको दिन ट्वीटरमा अधिकांश मानिस सक्रिय रहे । प्रतिमिनेट १३ हजारभन्दा बढी ट्वीट चुनावकै विषयमा भएको थियो ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment