नायिका प्रियान्का कार्कीले भाडामा दुई वटा लेहेङ्गाहरु लगेर नर्फकाएको आरोप
भाडामा कपडा उपलब्ध गराउने एक बुटीकले नायिका प्रियंका कार्कीमाथि ठगीको आरोप लगाएको छ । नायिका कार्कीले भाडामा दुई वटा लेहेङ्गाहरु लगेर नर्फकाएको आरोप चावाहीलमा रहेको ‘अलंकार’ नामक बुटीकले लगाएको हो ।
प्रियंका सिनेमा क्षेत्रमा आउनु अगावै केही एड्भान्स रकम दिएर ‘अलंकार’ बाट दुई वटा स्ट्यान्डरका लेहेङ्गाहरु लगेको तर अहिलेसम्म पनि फिर्ता नगरेको बुटीकका मालिक श्री हरी श्रेष्ठले मेरो सिनेमा समक्ष गुनासो पोखे । प्रियंकालाई बिचमा कपडा ल्याइदिन बारे सम्पर्क गर्दा उनी नेपालमा नरहेको थाहा पाएपछि आफु चुप लागेर बसेको पनि उनले बताए । तर प्रियंका नेपाल आइसकेपछि पनि आफूलाई सम्पर्क नगरेको उनले थप प्रस्ट्याए ।
यस विषयमा प्रियंका स्वयम्सँग बुझ्दा भने उनले ल्याएको दुई दिनपछि लेहेङ्गा सहित थप रकम दिएर आफ्नो भाइलाई फिर्ता गर्न पठाएको जिकिर गरिन् । नायिका प्रियंका त यस्ता घटनाहरुको प्रतिनिध पात्र मात्रै हुन् । पन्ध्र वर्ष अगाडी स्थापना भएको ‘अलंकार’ मा भाडामा महंगा महंगा कपडा लिने अनि फर्केर पनि नहेर्ने कलाकार, निर्माता, निर्देशकहरुको लिस्ट निकै लामो छ ।
जस्मा निर्देशक मुकन्द वास्ताकोटी, सूर्य बुढाथोकी, निर्माता शिव चौलागाई, डाक्टर गुरुङ, टंक लम्सालको नामहरु उल्लेख छन् । प्रियंका कार्कीको नाम भने कपडा फिर्ता नगर्नेहरुको लिस्टबाट केही महिना अगाडी हटाइएको छ । नाम हटाउनुबारे थप प्रष्ट्याउँदै श्री हरी श्रेष्ठ भन्छन्, ‘उनलाई सबैले चिन्ने भइसकेका छन्, उनको स्टाटसलाई असर पर्ला भनेर हामीले नाम हटाएका हौं ।’ त्यस्तै नृत्य निर्देशक कमल राई लगायतले पनि ‘अलंकार’ बाट कपडा लगेर फिर्ता गरेका छैनन् । सिनेमा क्षेत्रका व्यक्तीहरुको यस्तो घिनलाग्दो हरकतबाट वाक्क भएका मालिक श्री हरी श्रेष्ठले विगत तीन वर्षदेखी यस क्षेत्रका व्यक्तीहरुलाई कपडा नै भाडामा दिन छाडेको बताए ।



















0 comments:
Post a Comment