नायिका पुजना प्रधान बिबाह अघि नै २ सन्तान !!

11:06 Posted by Admin

नायिका तथा मोडल पुजना प्रधान 'स्त्री' अध्यात्मिक बाटोमा लागेपछि के गर्दै होलिन् ? चिन्ने, जान्नेका लागि चासोको विषय हुनसक्छ । अभिनयमा उनको उपस्थिती पातलिएको छ । साथीसंगीसँग भेटघाट पनि कम गरेकी छन् । त्यसो भए पुजनाको दिन कसरी बितिरहेको छ त ? यसैसाता साताब्यापी वैद्यनाथ भ्रमणबाट फर्केकी पुजनाले भनिन्, 'मेरो पुरै समय धर्मकर्ममै बितिरहेको छ । चलचित्रको कामबाट पुरै फुर्सदमा छु अहिले ।' चार वर्ष अघि ग्ल्यामर्स क्षेत्रबाट एक्कासी 'जय संगत' नामक संस्थामार्फत अध्यात्मिक बनेकी पुजनाको अभिनय दिन दिनै पातलिँदै गएको छ । पुजना भन्छिन्, 'अभिनयको लागि अफर नआएर नगरेकी होइन, मन नभएर हो' हुन पनि हो । उनले भनेजस्तै पुजनालाई नायिका लिएर चलचित्र निर्माण गर्ने निर्माता तथा निर्देशकको कमि छैन । तर पुजनाले अभिनयमा पहिलेजस्तो ध्यान दिएकी छैन । पछिल्लो समयमा निर्माणधिन चलचित्र 'मदन भण्डारी माइ लिडर' र कल्याण घिमिरेको चलचित्र 'धनवान' मा अनुबन्धित भएकी पुजनाले भनिन्, 'थुप्रै चलचित्रमा अफरहरु आइरहेका छन् । तर कथाबस्तु नै मन नपरेपछि नगरेकी हुँ ।' अध्यात्मिक पछि पुरै साहाकारी बनेकी पुजनाले नायिका प्रधान चलचित्रमा मात्र अभिनय गर्ने बताइन् । 'पहिले नै गरिसकेको भूमिका कति गर्नु' पुजनाले भनिन्, 'मलाई सधैं हिरोको हिरोइ नबनेर चलचित्र खेल्न मन लाग्दैन । त्यसैले मैले चाहेको जस्तो चलचित्र नै कम बन्ने गरेको छ ।' चलचित्र 'मदन भण्डारी माइ लिडर' र 'धनवान' भने जस्तो भएकोले अभिनय गर्न लागेको पुजनाले बताइन् । तर यी चलचित्र कहिलेदेखि निर्माण सुरु हुन्छ भन्ने पुजनालाई पनि थाहा छैन । 'चलचित्रमा साइन गरेकी छु, कहिलेदेखि सुटिङ सुरु हुन्छ मलाई थाहा छैन' पुजनाले भनिन्, 'चलचित्र सुरु नभएपनि मलै केही आपत्ति छैन, धर्मकर्ममा समय दिन भ्याइरहेको छु ।' आश्रममा दैनिक योग ध्यान गर्दै आएकी पुजना राष्ट्रिय धर्मसभा नामक धार्मिक संस्थाकी केन्द्रीय सदस्यसमेत रहेकी छन् । धर्म कर्म मा लागे पछि हरेक कुरामा परिवर्तन आएको पुजनाको भनाइ छ । 'यो क्षेत्रमा लागेपछि रमझम गर्ने मेरो बानी हटेको छ' पुजनाले सुनाइन्, 'पहिले त फुर्सद भयो कि साथीसंगी भेट्न दरबारमार्गका क्याफे पुगिन्थ्यो । तर अहिले त जान्नँ ।' मोडलिङ क्षेत्रमा 'हट' मोडेलको छवि बनाएकी पुजना यसरी एक्कासी कसरी अध्यमत्मिक बनिन् त ? उनी भन्छिन्, 'मानिसहरु जिबन देखि थाकेर, दिक्क भएर यो बाटोमा लाग्छन्, तर मेरो सवालमा भन्ने हो भने त्यो होइन । रुचि र इच्छाले अत्यात्मिक बनेकी हुँ ।'पुजनाले अझैसम्म बिवाह गर्ने सोच लिएकी छैनन् । बिवाहको सवालमा उनी भन्छिन्, 'अहिलेसम्म मन परेको केटा नै फेला पारेकी छैन ।' आफूलाई माग्नेहरु बिदेशदेखि समेत आएको सुनाउँदै उनी भन्छिन, 'शाहाकारी र धर्मकर्ममा विश्वास राख्नेसँग मात्र विवाह गर्ने सोच छ, जोसँग मेरो मन पसिन मिल्छ ।' तर उनले यसो भने पनि पुजनाका दुई सन्तान भइसकेका छन् । उनले अनाथ बालबालिकालाई सन्तानको रुपमा राखेकी छन् । बिवाह नै नगरी आमा बन्ने रहर किन नि ? उनी भन्छिन्, 'यो मेरो धर्म हो । आमा बन्नका लागि बिवाह नै गर्नुपर्छ जस्तो मलाई लाग्दैन ।' सेवा नै धर्म हो भन्ने धारणा लिएर आश्रममा अर्ध गुप्तबास बनेकी पुजनाले सन्तान बनाएका बालबालिका प्रति इंगित गर्दै भनिन्, 'यिनै हुन् मेरो सन्तान ।' सन्तान स्याहार्दै आश्रममा दिन बिताइरहेकी पुजनाले मागी बिवाह गर्ने बताएकी छन् । उनले भनिन्, 'जीवनमा बिवाह गर्नेपर्छ भन्ने त छैन, तर गर्ने पर्‍यो भने म एरेञ्ज म्यारज नै गर्छु ।' पहिले प्रेम परेको सुनाउँदै उनले भनिन्, 'अहिले कसैसँग लभ छैन, त्यसैले एरेञ्ज म्यारिज नै गर्छु ।


  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment