आईफोनबाट डराए फेरी गुगलले नै ल्यायो यस्तो स्मार्टफोन

03:39 Posted by npnews

१८ साउन,काठमाडौ। केही समय पहिले गुगलले १२.५ बिलियन डलर खर्च गरेर चर्चित मोवाइल निर्माता मोटोरोला कम्पनीलाई टेकओभर गरकेो थियो।
मोटोरालाकै इंफ्रास्ट्रक्चर सहयोगमा गुगलामा स्मार्टफोनको बजारमा तरंग ल्याइदिएको छ । हाल बजारमा हजारौ एन्ड्रोइड डिभाइस उपलब्ध छन् र स्मार्टफोनको बजार प्रतिदिन नयाँ कुरा हुनु नौलो पनि होइन् तर गुगलको स्मार्टफोन बजारमा प्रवेशले भने धेरै अर्थ राख्दछ।गुगुल र मोटोरोलाको संयुक्त प्रयासमा मोटो एक्स नामक शान्दार स्मार्टफोनलाई बजारमा उतारिएको छ। गुगल र मोटोरोलाको संयुक्त प्रयासमा आएको यो स्मार्टफोन फिचरको हिसावले बेजोड मानिएको छ भने प्रतिष्पर्धी कम्पनीहरु माथी पनि यसले दबाब सृजना गरिदिएको छ।मोटो एक्स नाम दिइएको स्मार्टफोनमा ४.७ इन्छको टज स्क्रिनमा १२८०*७२० को रिजोल्युशन छ । कालो रंगमा समेत उपलब्ध मोटो एकि्समा २ जिबीको -याम र स्नेपड्रागन एस ४ प्रोसेसर राखिएको छ। यसै गरि गेमका पारखीको लागी विचार गरेर क्वाडकोर एन्ड्रिनो ३२० जिपियु(ग्राफिक्स प्रोसेसिंङ) राखिएको छ ।मोटो एक्समा दुइ वटा डिजिटल सिग्नल प्रोसेसिङ फिचर पनि समावेश गरिएको छ। जसमा एउटा ओके गुगल नाउ हो, जसले इंस्ट्रक्सनलाई सुन्छ र अर्को हो मोशन ट्र्याकर जसले सानो हलचललाई पनि चिन्न सक्दछ र त्यससंग सम्वन्धित इंस्ट्रक्सन फलो गर्दछ।यो स्मार्टफोनमा गुगल ग्लास जस्तै टेचलेस कन्ट्रोल सुविधा पनि दिइएको छ। यो सुविधको मद्दतले स्क्रिनलाई (नछोइकल) टचनै नगरी कल गर्ने, सर्च गर्ने जस्ता काम गर्न सकिन्छ।मोटोएक्सको बेट्री एकदिन खप्ने पनि गुगल‍-मोटोरोलाले जनाएको छ। यो स्मार्टफोनमा ४.२.२ एन्ड्रोइड अपरेटिङ सिस्टम समावेश गरिएको छ। १० मेगापिक्सेलको रियर क्यामेरा र २ मेगापिक्सेलको फ्रन्ट क्यामेरा पनि उपलब्ध छ।आईफोनबाट  डराए फेरी गुगलले नै ल्यायो यस्तो स्मार्टफोन भिडियो हेर्नुहोस !!!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment