चार वर्षअघि अमेरिकी युवती मारिएको खुलासा

07:05 Posted by npnews

एजेन्सी - तीन वर्षअघि रसुवाको लाङटाङ पदयात्राका केन्द्रीय अनुसन्धान विभागले रसुवा भोर्ले १ का जगत तामाङ र पेम्बा तामाङलाई पक्राउपछिको बयानको आधारमा लाङटाङ ८ का लाक्पा तामाङ, सरमथली ९ घर भएका च्याङ्बा तामाङ, पेम्बा तामाङ र एक जना नाम नखुलेको व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। पक्राउ परेका भोर्लेका तामाङ र पेम्बा तामाङलाई पक्राउ गरेपछि हत्या भएको तथ्य खुलेको हो।

पक्राउ परेकाहरुले प्रहरीलाई बयानमा आब्रे कारोइनको हत्या गरेर लाङटाङ खोलामा शव फालेको र उनको साथमा रहेको पासपोर्ट र कागजात पनि खोलामा फालेको बयानपछि प्रहरीको अनुसन्धान व्यूरोले लाङटाङबाट तीन जनालाई पक्राउ गरेको छ।

रसुवाको स्याफ्रुबेशीबाट आब्र्रेलाई पछ्याउँदै गएर लाङटाङ १ स्थित रिभरसाइडभन्दा केही तलबाट आब्रेलाई नियन्त्रणमा लिएर लाङटाङ खोला नजिक लगेर पाँच जनाले हत्या गरेको बयान प्रहरीलाई प्रम्बाले दिएका छन्। प्रम्बाको बयानअनुसार आब्रेको साथमा रहेको क्याननको क्यामरा भोर्ले १ बस्ने जगतले लगेको प्रहरीलाई बयान दिएका छन्। छोरीको अवस्था पत्ता लगाइ दिनेलाई उनका परिवारले वर्षेनि पत्रकार सम्मेलनमार्फत् २२ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गर्दै आएका थिए। 

अमेरिकी दम्पत्ति पाउल साक्को र कोनी साक्कोले तीन वर्षअघि हराएकी आफ्नी छोरी आब्रे कारोलाइन साक्कोको अवस्था पत्ता लगाइदिनेलाई २५ हजार डलर अर्थात् नेपाली २२ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए। आब्रे कारोलाइन साक्को सन् २०१० अप्रिल २२ मा लाङटाङ पदयात्रामा हराइरहेकी थिइन्। 

अमेरिकी दम्पत्ति पाउल साक्को र कोनी साक्कोले तीन वर्षअघि पदयात्राको क्रममा हराएकी छोरीको मृत शरीर भए पनि भेटिन्छ कि भनेर नेपाल धाइरहेका छन्। पदयात्राको क्रममा हराएको छोरी पत्ता लगाउन नसकेपछि उनीहरुले पुरष्कारको घोषणा गरेका थिए। 


उनीहरुले पटक–पटक पत्रकार सम्मेलन गरेर छोरीको खोजी गरेर मर्दो जिउँदै पत्ता लगाइदिन नेपाल सरकारसमक्ष आग्रह गरेका थिए। बाबु–आमाले छोरीको अवस्था पत्ता लगाउनेलाई २५ हजार अमेरिकी डलर अर्थात् २२ लाख नेपाली रुपैयाँ दिन घोषणा गरेका थिए। नेपाल सरकारले छोरी खोजिदिने काममा चासो कम देखाएको दम्पत्तिको गुनासो रहँदै आएको थियो। साक्को सन् २०१० अप्रिल २२ तरिखमा लाङटाङको लामा होटेलमा पिज्जा र कोक खाएर निस्केपछि बेपत्ता भएकी थिइन्। तलको बक्समा क्लिक गरेर भिडियो हेर्नुहोस !!

  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment