अज्ञात समूहको गोली प्रहारबाट फोरमका महोत्तरी सचिव गम्भिर घाइते

08:45 Posted by npnews

अज्ञात समूहको गोली प्रहारबाट मधेसी जनअधिकार फोरम नेपाल, महोत्तरीका सचिव गम्भिर घाइते हेर्नुहोस पुरा बिबरण
जनकपुरधाम, १० साउन । महोत्तरीको जलेश्वरमा अज्ञात समूहको गोली प्रहारबाट मधेसी जनअधिकार फोरम नेपाल, महोत्तरीका सचिव गम्भिर घाइते भएका छन् । बिहीबार मोटरसाइकलमा २ जनाको समूहमा आएको व्यक्तिहरुले गोली प्रहार गर्दा फोरम नेपाल महोत्तरीका सचिव तथा कार्यालय सचिव रामप्रकाश साह गम्भिर घाइते भएका हुन् ।

अज्ञात समूहले फोरम नेपाल महोत्तरीको पार्टी कार्यालयमा प्रवेश गरि साहमाथि गोली प्रहार गरेको बताइएको छ । साहको देव्रे पाखुरामा गोली लागि गम्भिर घाइते भएका साहको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । साहमाथि गोली प्रहार गर्ने समूहको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यता, राजन मुक्ती मोर्चाले साहमाथि आप्mनो कार्यकर्ताले गोली प्रहार गरेको जानकारी गराएका छन् । पछिल्लो समय आफुले दिएको सूचना बमोजिम गोली प्रहार गरिएको मुक्तिले बताए । मुक्तिले केही दिन पूर्व मधेसवादी सहित अन्य पार्टीलाई मधेसवाट पार्टी हटाउन निर्देशन दिएका थिए । भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला । 
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment