भयंकर दुर्घटना हुनबाट टर्यो , झन्डै पृथ्बी ध्वस्त

02:47 Posted by npnews

लण्डन, जुलाई १९,एजेन्सी   संसारभरका मानिसहरू बिहिबार राती गहिरो निद्रामा भएका बेला लगभग ३ किलोमीटर आकारको एक क्षुद्रग्रह पृथ्वीको एकदम नजिकबाट गएको छ । यो क्षुदग्रह आकारमा त्यो क्षुद्रग्रह भन्दा एक तिहाई आकारको रहेको थियो, जसले ६.५ करोड बर्षअघि पृथ्वीमा महाविनाश गरेको थियो, जसमा डाइनोसरहरूको युगनै अन्त भएको थियो । बीबीसीले बताए अनुसार २.७ किलोमीटर आकार भएको क्षुद्रग्रह 1998 क्यूई-2 नेपाली समयानुसार राती २ बजेर ४४ मिनेटमा पृथ्वीबाट ५८ लाख किलोमीटरको दूरीबाट गएको थियो । यो दुरी गत फेव्रुअरीमा पृथ्वीको नजिकबाट गएको एक क्षुद्रग्रहको तुलनामा २०० गुणा टाढा थियो तर क्यूई-2 फेव्रुअरीको क्षुद्रग्रहको तुलनामा आकारमा ५० हजार गुणा ठुलो रहेको थियो । बेलफास्टस्थित क्वीन्स विश्वविद्यालयका प्रोफेसर एलन किट्जसिमंसले बताए अनुसार यो निकै ठुलो क्षुद्रग्रह थियो । पृथ्वीको नजिकमा यस प्रकारका ६०० वटा क्षुद्रग्रह वैज्ञानिकहरूले पत्ता लगाइसकेका छन । यदि भविष्यमा यस प्रकारका कुनै क्षुद्रग्रह हाम्रो ग्रहमा ठोक्कियो भने यसले निकै ठुलो विनाशलीला गर्नेछ कि यसको असर पुरै बिश्वभर पर्नेछ । यो उपग्रह आकारमा रहेको क्षुद्रग्रह ठुलो हुनुका साथै निकै अचम्मको पनि रहेको बताइएको छ । यसको गुरुत्वबल यति धेरै थियो कि यस बाट छुट्टिएका चट्टानका टुक्राहरू पनि यसको चारैतिर उपग्रहले जस्तै चक्कर काटिरहेका थिए । जसलाइ खगोलिविदहरूले क्यूई-2 को चन्द्रमाको नाम दिएका छन । , तलको बक्स मा क्लिक गरि हेर्नुहोस त भिडियो क्षुदग्रह कसरि पृथ्बी को नजिक बाट जादै थियो ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment