कन्या पुजा गर्ने निउमा ५ बालिकालाई जलाएर मार्ने प्रयास

11:04 Posted by npnews

५ साउन,  भारतको संगम बिहारमा कन्या पूजा गर्ने भन्दै एक व्यक्तिले पाँच बालिकालाइ जलाएर मार्न खोजेका छन् । ५० वर्षका भूषणले कन्या पुजा गर्ने भन्दै पाँच बालिकालाई आफ्नो घरमा पुर्याएका थिए । 
घरमा पुजा गरेजस्तो गर्दै ती पाँचै जना बालिकालाई घर जाने बेला ढोका थुनेर भित्रै राखे र भूषणले ती बालिकाहरूलाई जलाउनका लागि पहिले देखीनै ग्याँस सिलिण्डरको पाईप काटेर छाडेका थिए र कोठामा मट्टितेल पनि छरेका थिए । 
आफ्ना छोरीहरू हराएपछि खोज्दै आएका बाबुआमाले छोरी भूषणको कब्जामा रहेको थाहा पाएपछी निकाल्ने पर्यत्न गरेका थिए तर भूषणले आगो लगाइदिने धम्की दिएपछि उनीहरू चुपचाप घर बाहिर नै बस्न बाध्य भए यसैबीच कसैले प्रहरीमा यस घटनाबारे जानाकरी दिएको थियो । र प्रहरी पनि तत्कालै उक्त स्थानमा आइपुगेपछी प्रहरीले भूषणालाई ढोका खोल्न र बालिकाहरूलाई बाहिर पठाउन आग्रह गरेका थिए तर भूषणले भने उक्त कुरालाई अस्विकार गरी यदी कसैले भित्र पस्ने कोशिष गरे आफूले आगो लगाइदिने बताएर प्रहरीलाई समेत समस्यामा पारिदिएका थिए । 
त्यसपछि स्थानीयबासी र प्रहरीले मिलेर घर नजिकै पानी र च्यादरको व्यवस्था गरे र प्रहरीले ढोका फोरेर भित्र छिरे । ढोका फोरेर प्रहरी भित्र छिरेपछी प्रहरीले भूषणलाई पक्राउ गरी बालिकाहरुलाई उद्धार गरेको थियो । भिडियो हेर्नुहोस !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment