अमेरिकाको डेटरोयट सहर टाट पल्टियो

08:50 Posted by npnews

न्यूर्योक, श्रावण ४ । ‘मोटर सिटी’को नामले प्रख्यात अमेरिकी डेटरोयट सहरले आफूलाई टाट पल्टिएको घोषणा गर्न माग गरेको छ । डेटरोयट सहरका मेनेजर केविन ओरले आफ्नो शहर टाट पल्टिएको घोषणा गर्न माग गर्दै अदालतमा यससम्बन्धी कागपत्र बुझाएका थिए । 

सहरले तिर्नुपर्ने कर मात्रै १८ अर्ब डलर पुगेको र सो रकम बराबरको कर राज्यलाई बुझाउन नसकेपछि सहरलाई नै टाट पल्टेको घोषणा गर्न अदालतसँग माग गरिएको बीबीसीले जनाएको छ । 

यसअघि पनि सहरका विभिन्न भवन बेचेर कर तिर्दै आएको डेटरोयटले अब आफ्नो कुनै उपाय नभएको जनाएको छ । मोटरकारको दुनियाँमा चर्चित फोर्ड र डाज जस्ता मोटर कारखाना रहेको यो शहरको जनसंख्यामा आएको गिरावट र कार उद्योग धराशायी भएपछि सहर टाट पल्टिएको विश्लेषण गरिएको छ । 

अदालतले नगर प्रशासनको माग मानेमा सहरका बाँकी सम्पत्ति बेचेर ऋण चुक्ता गरिने जनाइएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले भने यो सबै प्रक्रियामाथि आफूले सूक्ष्म ढंगले अध्ययन गरिरहेको जनाएको छ ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment