यौन क्रियाकलापले विकृति बढेको जनगुनासो आएपछि गएको प्रहरी टोलीले सात जोडीलाई अपत्तीजनक अवस्थामा पक्राउ

04:11 Posted by npnews

यौन क्रियाकलापमा संलग्न भएको भन्दै कैलालीको अत्तरिया बजारस्थित विभिन्न तीन होटेलबाट शनिबार दिउँसो प्रहरीले सात जोडी युवा युवतीलाई पक्राउ ,भिडीयो !!!
धनगढी, २३ असार । यौन क्रियाकलापमा संलग्न भएको भन्दै कैलालीको अत्तरिया बजारस्थित विभिन्न तीन होटेलबाट शनिबार दिउँसो प्रहरीले सात जोडी युवा युवतीलाई पक्राउ गरेको छ ।

अत्तरियाका होटलहरुमा खुलेयाम बढेको यौन क्रियाकलापले विकृति बढेको जनगुनासो आएपछि गएको प्रहरी टोलीले सात जोडीलाई अपत्तीजनक अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक विष्णुबहादुर सिंहले बताउनुभयो । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान सुरु गरिएको  सिंहले बताउनु भयो ।

पछिल्लो केही समययता धनगढी, अत्तरियालगायतका सहरी क्षेत्रमा खुलेयाम बढ्दै गएका यौन क्रियाकलापका घटनाले सामाजिक विकृति विसङ्गति निम्त्याइरहेको भन्दै यस्ता गतिविधि रोक्न सबैले पहल गर्नुपर्ने स्थानीय सर्वसाधारणको भनाइ छ ,भिडीयो हेर्नुहोस ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment