अपरेशन थियटरमै डाक्टरले फिल्म हेर्न थालेपछि..

15:16 Posted by npnews

३ साउन, एजेन्सी। भारतको जयपुरको गणगौरी अस्पतालमा मगलबार राती अपरेशन थिएटरमा प्रसव पिडामा रहेकी एक महिलामाथि अभद्र व्यवहार गरेको तथा मारपिट गरेको आरोप लगाइएको छ । ती महिलाका भाई विक्रम सिंहले कोतवाली थानामा चिकित्सकविरूद्ध उजुरी दिएका हुन् । यस्तै, अन्य महिलाहरूले पनि आफुहरूलाई अभद्र व्यवहार गरेको, प्रसव पिडामा रहेका आफुहरूको उपचारमा लापरवाही गरेको आरोप उनीहरूले लगाएका छन् । यस विषयमा अस्पताल प्रशाशनका चिकित्सक अझय माथुरले यस विषयमा आफुहरूले जाँच गर्ने बताएका छन् ।
किसनगढका गोवर्धनले मगलबार साँझ करिब साढे ७ बजेतिर पत्नीलाई भर्ना गरेका थिए । राती ११ बजे अपरेशन थियटरमा बच्चा जन्माएपछी महिलाले ड्रिपको बोतल खसाएपछी चिकित्सक रेजिडेन्ट राकेश र अन्य कर्मचारीले उनीमाथी अभ्रद्र व्यवहार गर्नुका साथै पिटेका थिए ।महिलाका अनुसार चिकित्सक र कर्मचारीहरू आफ्नो अपरेशन पछि ल्यापटपमा फिल्म हेर्न थालेको बताएकी छिन् । आफूलाई ड्रिपको बोलत राम्रोसँग लगाइदिन भन्दा पनि वेवास्ता गर्दै चलचित्र हेरिरहेको र आफ्नो हातबाट उक्त बोतल खसेपछी आफूलाई अभद्र व्यवहार तथा कुटपिट गरेको भन्दै ती महिलाको यस्तो भन्दै छन्  भीडियो हेर्नुहोस !!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment