कपाल र्झन रोक्ने ५ सजिला टिप्स यस प्रकार छन्

16:23 Posted by npnews

कपाल झरेर दिक्क हुनुभएको छ ? कुनै पार्लरमा गएर हेयर टि्रटमेन्ट गरेर कपाल र्झनबाट जोगाउने सोँचमा हुनुहुन्छ ?त्यसोभए पार्लरमा गएर पैसा नखन्याउनुहोस् । तपाइँ आफैले केही जुक्ति लगाउनुभयो भने तपाइँको कपाल र्झन कम हुनेछ । यसको लागि केही प्राकृतिक वस्तु तथा विधि काफी छन् । तल उल्लेखित सजिला टिप्स अपनाउने कोसिस गर्नुहोस् । यसले तपाइँको कपाल र्झनबाट रोक्न ठूलो मद्दत पूराउनेछ :

१.तातो तेलले मालिस गर्ने : तोरी, सरस्यूँ अथवा नरिवलको तेललाई हल्का तताउनुहोस् । ठिक्क तातेको तेलले कपालको जरा जरा सम्म पुग्ने गरी मज्जाले मसाज गर्नुहोस् । झण्डै एक घण्टा त्यत्तिकै राख्नुहोस् अनि त्यसपछि स्याम्पुले कपाल धुनुहोस् । राति सुत्ने बेलामा कपालमा तेल घसेर भोलि पल्ट बिहान कपाल पखाल्दा पनि हुन्छ ।

 २.लसुन वा अदुवाको रस : बेलुका सुत्ने बेलामा कपालमा कपालमा लसुन, प्याज वा अदुवाको रस लगाएर मज्जाले मालिस गर्नुहोस् । रातभर त्यत्तिकै छाड्नुहोस् । अर्को विहान कपाल धुनुहोस् ।

 ३.टाउकोमा दिनहुँ हल्का रुपमा मसाज गर्दा कपालका जरामा रक्त संचार राम्रोसँग हुन मद्दत गर्छ । कपालका जरामा राम्रोसँग रक्तसंचार हुनु भनेको कपाल र्झनबाट रोकिनु हो । खालि हात वा हल्का तेल लगाएर पनि मसाज गर्न सकिन्छ । यस्तो मसाज दिनहुँ गर्नु राम्रो हुन्छ ।

 ४.गि्रन टी पानीमा पकाउनुहोस् अनि मनतातो भएपछि त्यो टाउकोमा खन्याउनुहोस् । एक घण्टासम्म राख्नुहोस् अनि कपाल पखाल्नुहोस् । गि्रन टी मा एन्टी अक्सिडेन्ट तत्व हुने भएकाले त्यसले कपाल र्झनबाट रोक्ने तथा कपाल बढ्न समेत सहयोग पूराउँछ ।

 ५.योगा गर्नुहोस् : विश्वास गर्नुस्, नगर्नुस् कपाल झर्नुको एक मुख्य कारण भनेको तनाव हो । जब मान्छे तनावमा हुन्छ तब उसको कपाल झर्ने समस्या बढ्छ । नियमित योगाले तनावलाई कम गर्ने तथा सरीरमा हर्मोनको मात्रा सन्तुलित गर्ने भएकाले कपाल र्झन कम हुन्छ । भिडियोमा हेर्नुहोस् 
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment