पिडितलाई राहत बाड्न गएका ज्ञानेन्द्रले पेट्रोल व्यापारीलाई पिडित बनाए..

03:53 Posted by npnews

१५ साउन, धनगडी । सुदूरपश्चिमका बाढी-पीडिलाई राहात वितरण गर्न जाँदा करोड खर्च गरेको फुर्ति लागाउने पूर्वराजा ज्ञानेन्द्र शाहको भ्रमणका क्रममा उधारो लिइएको पेट्रोलको पैसा भुक्तानी भएको छैन ।सुदूरपश्चिमका बाढीपीडितलाई राहत वितरण गर्न आएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि भन्दै कैलालीको राजपुर गेटास्थित खप्तड आयल स्टोरबाट लिइएको पेट्रोलको रकम भुक्तानी नभएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र शिवसेना नेपालका कार्यकर्ताले आयल स्टोरबाट ७ साउनमा दुई सय ८९ लिटर पेट्रोल लिएका थिए । ‘पेट्रोल हाल्दै गुर्नहोस्, हामी पैसा दिन्छौँ भने,’ आयल स्टोरका मेनेजर आशिष चौधरीले भने, ‘पेट्रोल हालिसकेपछि पैसा लिएको साथी विमानस्थल गइसक्यो उताबाट आएर दिन्छौँ भनेर उनीहरुले अहिलेसम्म पैसा तिरेनन् ।अरुण मल्ल, प्रदीप श्रेष्ठलगायतका व्यक्तिले पार्टीले पैसा तिर्छ भनेर तेल हाल्न लगाएको आयल निगम सञ्चालक नरेन्द्र साउदले बताए । उनीहरुले ३५ हजार दुई सय ९७ रुपैयाँ बराबरको तेल हालेको साउदले बताए । अघिल्लो दिन हिमानी शाहको स्वागतका लागि पनि उनीहरुले तेल हालेको र पैसा पनि दिएको आरधारमा तेल हालेको उनले बताए । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य अशोक मल्लले पूर्व राजपरिवारको स्वागतका लागि कुनै पनि पेट्रोल पम्पबाट तेल नदिइएको बताए । उनले स्वागत गर्न गएकाले व्यक्तिगत रुपमा तेल हालेर गएको बताए । उनले पार्टी र भ्रातृ संगठन शिवसेना नेपालले तल हाल्न स्वीकृत नदिएकोले पार्टीले भुक्तानी गर्दैन,’ मल्ल्ले भने, ‘रकम असुल्न साउदले प्रहरी प्रशासनको सहयोग लिए हुन्छ ।’ पम्प सञ्चालक साउदले यसअघि मोटर साइकल नम्बर र केही व्यक्तिका नम्बरसहित वडा प्रहरी कार्यालयमा उजुरी दिइसकेका छन् । वडा प्रहरी कार्यालयका इञ्चार्ज लोकेन्द्र सिंहले पार्टीका नेताहरु र शिवसेना नेपालका नेतालाई यसबारे बुझ्दा आफूहरुले तेल हाल्न नलगाएको भनेको बताए ।साउदले दिएको मोटर साइकल नम्बरका आधारमा तीनलाई पक्राउ गरिए पनि उनीहरुले पार्टीले नतिरे तीन सयका दरले तिरिदिन्छौँ भनेर भनेपछि छाडेको बताए । प्रत्येकबाट तीन सयका दरले रकम असुल्न गाह्रो हुने भएकाले छोडिएको उनले बताए भिडियो हेर्नुहोस !!!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment