एमाओवादीका उपाध्यक्ष नाराणकाजी र महासचिव बोगटीले दिए राजीनामा

07:04 Posted by npnews

५ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश र महासचिव पोष्टवहादुर बोगटीले पदबाट राजीनामा दिनुभएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकल नेतृत्व अघि बढाउने सहमति भएपछि उपाध्यक्ष प्रकाश र महासचिव बोगटीले राजीनामा दिनुभएको हो ।

ब्यूरो तथा इन्चार्जसहितको बैठकमा प्रकाश र बोगटीले पदबाट राजीनामाको घोषणा गर्नुभएको स्रोतले जनाएको छ । कार्यविभाजनमा भएको विवादसँगै डा. बाबुराम भट्टराईले पदत्याग गरेपछि प्रचण्डले विभिन्न विकल्प अघि सार्नुभएको थियो ।

पदत्यागको घोषणा पनि फिर्ता नलिने र बरिष्ठ नेता पनि नबस्ने भट्टराईको अडानपछि नेताहरु एकल नेतृत्वमा जान सहमत भएका हुन् । प्रकाशले यसलाई असहमतिभित्रको सहमति भन्नुभएको छ ।

शुक्रबारवाट ललितपुरको खन्ना गार्मेन्टमा सुरु भएको विस्तारित वैठकमा प्रचण्डले एकल नेतृत्वको प्रस्ताव पेश गरिसक्नुभएको छ । प्रचण्डको प्रस्तावमाथि शनिबार भएको समूहगत छलफलमा सबैले समर्थन गरेका छन् । ‘प्रचण्ड प्रस्तावको मुल स्पि्रटमा सबैको समर्थन छ’ एक नेताले भने-’शीर्ष नेताहरुले जवाफ दिएपछि पारित हुन्छ ।’ प्रतिवेदनमाथि छलफल गर्न १६ वटा समूह बनाइएको थियो ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment