हर्षिका भर्सेस प्रियंका चोपडा, नेपाली ‘जंजीर’ र हिन्दी ‘जंजीर’को भिडन्त

07:08 Posted by npnews

भदौ २१ गतेलाई संयोग नै मान्नुपर्छ, किनभने यो दिन एकसाथ नेपाली चलचित्र ‘जंजीर’ र हिन्दी चलचित्र ‘जंजीर’ बिच भिडन्त हुने पक्का छ । नेपाली र हिन्दी चलचित्र हलमा एकसाथ लाग्नु त कुनै नौलो कुरा होइन तर एउटै नाम गरेका सिनेमा जुध्नु आफैमा पनि रोचक छ ।करण क्रेजीको निर्माणमा तयार भएको नेपाली चलचित्र ‘जंजीर’को ‘किन गाह्रो गाह्रो हुन्छ’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । शोभित बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा हर्षिका श्रेष्ठ, जयकिशन बस्नेत मुख्य भूमिकामा छन् ।
यता बलिउड चलचित्र ‘जंजीर’मा प्रियंका चोपडा, संजय दत्तको मुख्य भूमिका रहेको छ । पुरानो चलचित्र ‘जंजीर’को रिमेक भएकाले पनि यो सिनेमा चर्चामा छ । यसैले पनि भदौ २१ गते नेपाली र हिन्दी सिनेमा ‘जंजीर’को भिडन्तलाई सबैले आखा लगाएका छन् । नाम एउटै भएकाले पनि नेपाली र हिन्दी सिनेमा जंजीरमा दर्शक झुक्किने सम्भावना पनि देखिन्छ ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment