स्वीजरल्याण्डमा करातेमा स्वर्ण पदक जितेकी ममितालाई ५० हजारसहित यसरि सम्मान

07:40 Posted by npnews

स्वीजरल्याण्डमा करातेमा स्वर्ण पदक जितेकी ममितालाई ५० हजारसहित सम्मान
काठमाडौं, श्रावण १० । स्वीजरल्यान्डमा सम्पन्न डब्लुटीकेओ कराते च्याम्पियनसीपकी स्वर्णपदक विजेता नेपालकी ममिता श्रेष्ठ नगद पुरस्कारसहित सम्मानित भएकी छन् । नेपाल सोतोकान कराते संघले राजधानीमा ममितालाई प्रसंशापत्रसहित ५० हजार रुपैयाँ पुरस्कारले सम्मान गरेको हो ।

गत साउन ३ देखि ६ गतेसम्म चलेको प्रतियोगिताको भेट्रान्सतर्फ एकल कातामा ममिताले स्वर्ण जितेकी थिइन् । 

राष्ट्रका लागि केही न केही गर्नुपर्छ भन्ने थियो भन्दै ममताले अभ्यासमा भन्दा राम्रो प्रदर्शन गर्न सकेको सुनाइन् । ममिता कराते संघकी कोषाध्यक्ष पनि हुन् ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment