टर्कीमा अपहरणकारी कुटेर फर्केका नेपालीले के वयान गर्दै छन् हेर्नुहोस !!!

05:57 Posted by npnews

१० साउन, काठमाडौं । करिब २ महिना अन्तरराष्ट्रिय अपहरणमा परेर बुधबार नेपाल फर्किन सफल ८ नेपालीहरुले आफूहरु धेरै पैसा कमाउने लोभले गर्दा फसेको बताएका छन् । ‘विदेशमा बसेकाहरु साथीहरु सचेत हुनुस् भन्न चाहन्छौं । कसैले लोभ देखायो भने नलोभिनुहोस् । आफ्नो सुरक्षामा ध्यान दिनोस् ।’ बिहीबार अनलाइनखबरसँग सामुहिक कुराकानी गर्दै पीडित युवाहरुले भने-’हामी त फस्यौं, फस्यौं, तर अरु नेपाली दाजुभाइ नफसुन् भन्ने हाम्रो कामना छ ।’

दुहबीमा वैदेशिक रोजगारी गरिरहेका नेपाली, बंगाली लगायत विभिन्न देशका नागरिकलाई गि्रसमा आकर्षक जागिर लगाइदिने भन्दै विभिन्न देशका अपहरणकारीले १० नेपालीलाई समुद्रको बाटो हुँदै टर्की पुर्याएर बन्धक बनाई फिरौती मागेका थिए । बन्धक बनाइएका मध्ये केहीले २० लाखसम्म फिरौती बुझाइसकेको अवस्थामा २० दिनपछि नेपालीहरुले अपहराकारीमाथि आक्रमण गरेर प्रहरीसमक्ष पुग्न सफल भएका थिए । अपहरणमा परेका मध्ये एक जना भीरबाट खसेर घाइते भएका छन् भने एकजना राम्रो अंग्रेजी जान्नेलाई टर्की प्रहरीले उतै जागिर खुवाएको छ ।

विदेशी भूमिमा वीरतापूवर्क संघर्ष गरेर घर र्फकनेहरु नेपाली युवाहरुमा दलबहादुर बढाथोकी, तुलबहादुर घर्तिमगर, तिलकबहादुर पुन, चित्रबहादुर पुन, कुसाङ तामाङ, सुरेश तामाङ, चित्रबहादुर पुन, मेखबहादुर छन्त्याल र झपिन्द्र खड्का छन् । उनीहरुमध्ये कोही बाग्लुङ, रोल्पा, म्याग्दीका छन् भने कोही कास्की र धरानका छन् ।

अपहरणबाट मुक्त भई नेपाल फर्केका यी साहसी युवाहरुले आफ्नो दर्दनाक अपहरणको कथा यसरी सुनाए :

सुरेश गुरुङ, कास्की
म सन् २००२ को डिसेम्बर २० मा कामका लागि दुबई पुगेको थिएँ । अरु साथीहरु पनि दुबईमै रोजगारी गरिरहेका थिए । काम गर्दै जाने सिलसिलामा साथीभाइले युरोपको लोभ देखाए । पहिलो लटमा गएका साथीहरु थिए, उनीहरुले हामी युरोप आइपुग्यौं भनेर गि्रसकै नम्बरबाट फोन पनि गरे । यहाँ आएपछि ल्याउने मान्छेहरुकै राम्रो कम्पनी छ, ३ लाख रुपैयाँ मात्र पैसा लाग्छ भनेपछि हामी लोभियौं, हाम्रो गल्ती भयो ।गि्रस जाँदा लाग्ने पैसा पनि काम गरेपछि तलबबाटै कटाउने भनेर लोभ्याए । १०/१५ हजारमा काम गर्नेहरुलाई १४ देखि १७ सय युरो अर्थात झण्डै मासिक २ लाख तलब हुन्छ भनेपछि मन नलाग्ने कुरै भएन । पहिला गएका साथीहरुले पनि त्यस्तो भनेपछि हामीले पनि होला नि भनेर विश्वास गरौं ।

अपि्रल २९ तारिखमा म साथीहरुसँग दुबईबाट हिँडे, बाटोमा धेरै दुःख पाइयो । दुबईबाट ओमन, इरान हुँदै, टर्की पुर्‍यायो । बाटामा यति दुःख पायौं कि बयान गरेर साध्य नै छैन । केही ठाउँमा हिड्यौं, काहीँ डुंगा चढाए, कहिले कार त कहिले बस चढाए । सीमामा पुगेपछि उनीहरुले हामीलाई सुरक्षा पार गर्न हिडाउँथे । कहिलेकाँही कारमा हामीलाई सुताएर प्रहरीलाई घुस दिने पनि गरेको देखियो । दुबईबाट ओमान पुर्‍याउने क्रममा हामीलाई रातभर हिडाए । उकालो ओरालो पहाड, निकै अठ्यारो बाटो थियो, खुट्टा सुन्निए ।

दलबहादुर बुढाथोकी, बाग्लुङ
डुंगामा जाँदा हामी पलपलमा मर्ने खतरा थियो । भुवन भन्ने साथीको त मृत्यु नै भयो । नेपाल फर्किएका मोहम्मद सिद्दिकी भीरबाट लडेपछि उनीहरुबाट छुटेका हुन् । हाम्रो शरीर थिलथिलो भएको थियो । हवाइ जहाजको भन्दा दु्रत गतिको डुंगा कुदाइ, बस्नलाई कुनै बस्तु थिएन, बेसरी बजारिन्थ्यो । हामी एकले अर्कालाई सहयोग गर्ने अवस्था थिएन । आप\mनो ज्यान नै सम्हाल्न मुस्किल थियो । हात फुस्क्यो कि समुन्द्रमा । अर्को डुंगामा चढाइएका १४ जना बंगाली र प्यालेस्टायनीहरुको बाटैमा मृत्यु भएको उनीहरुले कुरा गरेको सुनियो । मसहित ३ जना घाइते भयौं । थप केहीबेर यात्रा गर्नुपरेको भए म पनि बाँच्ने कुनै सम्भावना थिएन । दुबईबाट हामीलाई अपहरण गरेर टर्की पुर्याउन २०/२५ दिनसम्म लगाए । उनीहरुले खानचाहिँ दिन्थे । पहिले त रोजगारीकै लागि लगेका होलान् भन्ने लागेको थियो । तर, इरान पुगेपछि फसियो भनेर शंका लाग्यो । तर, समुन्द्रमा हामफाल्ने कुनै सम्भावना भएन । जहाजमा लैजाने हो, कर्मचारी बनाएर भनेका थिए । त्यसपछि सुरुमा २ लाख रुपैयाँ माग्यो । २ लाख दिँदा पनि हामी छुट्ने कुनै सम्भावना देखिएन । किनभने उनीहरुले गाइड राखेर हामीलाई टर्की पुर्‍याउने भए भन्ने ठानेर हामी उनीहरुको घेराबाट बाहिर हुन सकेनौं । त्यसपछि थप पैसा माग्छ भन्ने लाग्यो । २ लाख दिएपछि हामीलाई इरानबाट टर्कीतर्फ अघि बढाइयो र स्तानबुल भन्ने सीमामा लगेर राख्यो । त्यहाँबाट केहीबेर हिँडेपछि गि्रस पुगिने रहेछ । तर, गि्रसको सीमामा पुर्‍याएपछि हामीलाई बन्धक बनाइयो र घरमा फोन गरेर पैसा माग्न लगाइयो । सुरुमा हामीलाई नुहाइ धुवाइ गर्न भने । सबै कपडा खोलेर चेक गरे । त्यसपछि लठ्ठीमा २ प्लस ७ लेखेको देखाएर मालुम हे ? ये क्या हे ? भन्दै ९ लाख मागे । त्यसपछि २४ घण्टाभित्र पैसा चाहियो भन्दै कुट्थे । कुटाइको कुरै नगरौं ।
घरमा फोन नम्बर मागेर फोन गर्न लगाउँथे । हामीले फोनमा अनिवार्य रुनै पर्ने हुन्थ्यो । कसरी रुनु ? घरमा पनि के सोच्लान् । तर, रोएन भने कुट्थे । हामी रोएको आवाज सुनेपछि घरबाट पैसा पठाइदिन्छन् भन्ने उनीहरुको भनाइ थियो । हामीलाई हरेक दिन बिहान र बेलुका घरमा फोन गर्न लगाउने र कुट्ने गर्थे ।

झपिन्द्र खड्का, रोल्पा
उनीहरुले यति कुट्थे कि त्यसको कुनै सीमा छैन । उनीहरुको मनमा ‘हरि’ नै छैन जस्तो लाग्यो । क्रिकेटको ब्याटले हान्थे । गाउँघरमा जोत्दा गोरुलाई पनि त्यसरी पिटिँदैन । कुट्दा कुट्दै हामी बेहोस हुन्थ्यौं । उनीहरुले बढीजस्तो घुँडा र कुइनामा हान्थे । कुट्ने मानिस पसिनै पसिना भएर नुहाउन जान्थे भनेपछि सोच्नुस हाम्रो अवस्था कस्तो भयो होला । होस आएपछि तेरो पैसा नै आएको छैन, कुट्नै पुगेको छैन भनेर बेसर कुट्थे । केही साथीका नाडीमा उनीहरुले दाऊले काटेका चोटहरु अझै छन् । उनीहरुसँग ब्याट, दाऊ र एउटा लठ्ठी थियो, जुन यति साह्रो र बलियो थियो कि कहिल्यै नभाँच्चिने । सबैभन्दा धेरै कुटाइ खानेमा म पर्छु । बुबाले मलाई बन्धक बनाएको प्रहरीमा उजुरी गरेपछि उनीहरुले मलाई नै टार्जेट बनाए । प्रहरी र मिडियाको कुरा पुगेपछि मलाई कुटाइ बढ्यो । तेरो सरकारले हामीलाई केही गर्न सक्दैन, बाराक ओबामा नै आए पनि केही गर्न सक्दैन भन्दै मलाई कुटे । एक त उनीहरुले मागेको पैसा गएन, अर्कोतिर प्रहरीकोमा उजुरी भयो । नेपालबाट प्रहरी अधिकारी दिप्ति कार्की लगायतले फोन गर्नुहुन्थ्यो, मैले फोन नगर्नुस, म कस्तो समस्यामा छु भनेर भन्नुपर्‍यो र पछि उनीहरुबाट सहयोग पनि भयो । बंगालीहरु नेपाली अलिअलि बुझ्दा रहेछन्, नेपालबाट फोन गर्नासाथ मैले कुटाइ खान्थेँ । बाँचेर आउँछु भन्ने मलाई आश नै थिएन, किनभने उनीहरुले यसरी कुट्थे कि, मर्‍यो भने गाडीमा लगेर जंगलमा फालिदिन्छु भन्थे ।

उनीहरुले धेरैलाई मारेका पनि रहेछन् । हामी उनीहरुको पन्जाबाट छुटेर पुलिसकहाँ पुग्दा प्रहरीले शवहरुको फोटो देखाएका थिए । उनीहरुलाई हामी पुग्नुभन्दा झण्डै २ महिना अघि नै मारेका रहेछन् । हाम्रो सामुन्ने नियन्त्रणमा रहेका बंगलीहरुका औंलाको नङ उखेलेका थिए । उनीहरुले हामीमध्ये पैसा दिएका र नदिएकाहरुलाई अलग-अलग कोठामा थुनेका थिए । हात खुट्टा नबाँधे पनि कुरा गर्नसम्म दिन्न थे । एक समय त आत्महत्या गर्छु भनेर नसोचेको पनि हैन । यिनीहरुको हातबाट मर्नुभन्दा फाँसी लगाउँछु भन्ने लागेको थियो । तर, साथीहरुले हैन, यीनीहरुले जे गरे पनि मार्ने नै भएपछि अब लडौं भन्ने सल्लाह भयो ।

यसरी गरियो २० मिनेटको सफल विद्रोह
हामीले लडाइँ गर्ने दिन हामी बन्दीमध्ये तीनजना बंगालीको हात काट्ने कुरा थियो । उनीहरुले ३ जना नेपालीको कान्छी औंला काट्ने कुरा गरेका थिए । हामीले मे २४ को मध्याहृन १२ बजे लडाइँ गर्यौं । त्यो भिडन्त नगरेको भए त्यसको २ घण्टापछि नै हामीमध्ये ३ जनाका एक-एक वटा औंला काट्ने कुरा थियो । यस्तो सुनेपछि हामीले चुरोट खाने बहानामा भेटेर ५ मिनेटमै योजना बनायौं ।विद्रोह गर्ने योजना कुसाङको हो । उनले नेपालमा फोन गरेर १२ लाख झिकाइसकेका थिए । तर, थप ४ लाख मागे । श्रीमान अपहरणमा परेको थाहा पाएपछि नेपालमा कुसाङकी श्रीमती बेहोस थिइन् । श्रीमतीलाई आईसीयूमा भर्ना गरिएको थियो ।
नेपालबाट हुण्डीमार्फत दुबईमा पैसा पठाउन लगाउँथे । दुबई प्रसा पुग्नासाथ टर्कीमा रहेका उनीहरुले पाउँथे । यसैगरी हामीमध्येका केहीले २० लाख बुझाइसकेका थिए । पैसा बुझाए पनि उनीहरुले छाडेनन् । फेरि अरु साथीहरुलाई गि्रसमा जागिर खान बोलाऊ भन्दै उनीहरुले दबाव दिन्थे । हामीलाई पनि त्यसैगरी अरुबाट बोलाउन लगाइएको हो । त्यसैले हामीले कि बाच्छौं कि मर्छौं  तर, अरुलाई नफसाउने प्रतिवद्धतासहित ज्यानको बाजी लगाएर हामी लड्यौं ।

दिउँसो १२ बजे हामीले लडाइँ शुरु गर्यौं । शुरुमा चुरोट पिलाउन गएको बहानामा तिलकजी उनीहरु छेउमा जानुभयो । हामी तयार भएर बस्यौं । त्यतिकैमा कुसाङलाई घरमा फोन गर्न बोलाइयो र फोन गर्ने क्रममा उनलाई कुट्न थाले । हाम्रो टिममा कुसाङ सकैभन्दा खाइलाग्दो थिए । अपहरणकारीले दाप निकालेको मौकामा कुसाङले दाप समातेर कराएपछि हामी सबै भित्रबाट गुरुरु निस्कियौं र कुटाकुट सुरु भो । करिब २० मिनेट दोहोरो भिडन्त भयो । हामीलाई थुनेर बस्ने धेरै बंगालीहरु थिए ।

हामीले एकजनाको हातखुट्टा समेत भाँचिदिएका छौं । मार्ने विचार गरेका थियौं तर कानूनी रुपमा फसिएला भनेर गरीखान नसक्ने बनाएर मात्रै छाड्यौं । हामीले एक/दुई जनालाई लडाएपछि केहीचाँहि डराएर भागे ।

झण्डै १५/२० मिनेटको लडाईका क्रममा हामीलाई पनि चोट लाग्यो तर, हामी उनीहरुलाई जित्न सफल भयौं । केहीले झ्याल फुटायौं र सडकमा निस्किएपछि स्थानीयसँग सहयोग माग्यौं । एउटा रेष्टुराँमा हामीलाई खाना दिए । उनीहरुले पुलिस बोलाएपछि हामीलाई अस्पताल लगियो र राम्रो उपचार भयो । त्यसपछि प्रहरीले ५/६ दिन थुनामा राखेपछि हामीलाई फर्काउने प्रक्रिया सुरु भयो । हाम्रो बयान लिएपछि हामीलाई प्रहरीले विदेशीहरुलाई थुन्ने अड्डामा लगे ।

त्यसपछि नेपालमा रहेका तिलकका दाजूले हामीलाई नेपाल झिकाउने पहल गर्नुभयो । आउने बेलामा आइओएमले टिकट काटेर पठायो । र, यसरी बुधबार नेपाल आइपुगियो ।

हामीलाई बंगाली कहाँ पुर्‍याउने दुबईमा रहेका देवराज शर्मा नाम गरेका झापाका व्यक्ति हुन् । उनैले हामीलाई विभिन्न प्रलोभन देखाएर गि्रस जान उकासेका हुन् । उनलाई सरकारले कारबाही गर्नुपर्छ ।

चक्रबहादुरले टर्कीमै जागिर पाए

हाम्रो अनुमानमा झण्डै ३५/४० जना नेपालीलाई उनीहरुले यसैगरी अपहरण गरेर लगेको हुनुपर्छ । हामी ८ सहित ९ जना नेपाल फर्किएका छौं भने भुवनको मृत्युभएको छ । चत्रबहादुर तामाङ भने टर्कीमै बसेका छन् । हामीलाई जेलमा थुन्ने क्रममा बंगालीले हिन्दीमा बोलेकोलाई अंग्रेजीमा अनुवाद गर्ने काम गरेकाले तामाङको टर्कीका प्रहरी प्रमुखसँग राम्रो सम्वन्ध भयो र उनलाई त्यहीँ बस्ने प्रक्रिया मिलाउन थालिएको हो ।

हामीले सुनेअनुसार एक्लै भट्दा अपहरणकारीहरुले कम्मलले छापेर गाडीमा हालेर समेत लैजाने गर्दा रहेछन् । ४ वर्षदेखि यस्तो धन्दा हुँदै आएको छ ।

नेपाल सरकार र विदेशमा बस्ने नेपालीलाई आग्रह

हाम्रो त घरबार नै गयो । सरकारले पीडित छन् भनेर उद्दार गर्छन कि भन्ने आस छ । पहाडका घरजग्गा पैसा पठाउनमै सकियो । लोभमा परेर जानु त हाम्रो गल्ती हो । तर, हामी सडकमै बस्नु पर्ने अवस्था आएको छ । सरकारले केही सहयोग गरोस् भन्ने छ । हाम्रो परिवारले जग्गाजमिन बेचेर फिरौती बुझाएकाले हाम्रो उठीवास भएको छ ।

विदेशमा बसेकाहरु साथीहरु पनि सचेत हुनुस् भन्न चाहन्छौं । कसैले लोभ देखायो भने नलोभिनुहोस् । आफ्नो सुरक्षामा ध्यान दिनोस् । हामी त फस्यौं, फस्यौं, तर अरु नेपाली दाजुभाइ नफसुन् भन्ने हाम्रो कामना छ ।टर्कीमा अपहरणकारी कुटेर फर्केका नेपालीको वयान
बहादुर आठ नेपाली युवाले यसरी बचाए आफ्नो ज्यान


१० साउन, काठमाडौं । करिब २ महिना अन्तरराष्ट्रिय अपहरणमा परेर बुधबार नेपाल फर्किन सफल ८ नेपालीहरुले आफूहरु धेरै पैसा कमाउने लोभले गर्दा फसेको बताएका छन् । ‘विदेशमा बसेकाहरु साथीहरु सचेत हुनुस् भन्न चाहन्छौं । कसैले लोभ देखायो भने नलोभिनुहोस् । आफ्नो सुरक्षामा ध्यान दिनोस् ।’ बिहीबार अनलाइनखबरसँग सामुहिक कुराकानी गर्दै पीडित युवाहरुले भने-’हामी त फस्यौं, फस्यौं, तर अरु नेपाली दाजुभाइ नफसुन् भन्ने हाम्रो कामना छ ।’

दुहबीमा वैदेशिक रोजगारी गरिरहेका नेपाली, बंगाली लगायत विभिन्न देशका नागरिकलाई गि्रसमा आकर्षक जागिर लगाइदिने भन्दै विभिन्न देशका अपहरणकारीले १० नेपालीलाई समुद्रको बाटो हुँदै टर्की पुर्याएर बन्धक बनाई फिरौती मागेका थिए । बन्धक बनाइएका मध्ये केहीले २० लाखसम्म फिरौती बुझाइसकेको अवस्थामा २० दिनपछि नेपालीहरुले अपहराकारीमाथि आक्रमण गरेर प्रहरीसमक्ष पुग्न सफल भएका थिए । अपहरणमा परेका मध्ये एक जना भीरबाट खसेर घाइते भएका छन् भने एकजना राम्रो अंग्रेजी जान्नेलाई टर्की प्रहरीले उतै जागिर खुवाएको छ ।

विदेशी भूमिमा वीरतापूवर्क संघर्ष गरेर घर र्फकनेहरु नेपाली युवाहरुमा दलबहादुर बढाथोकी, तुलबहादुर घर्तिमगर, तिलकबहादुर पुन, चित्रबहादुर पुन, कुसाङ तामाङ, सुरेश तामाङ, चित्रबहादुर पुन, मेखबहादुर छन्त्याल र झपिन्द्र खड्का छन् । उनीहरुमध्ये कोही बाग्लुङ, रोल्पा, म्याग्दीका छन् भने कोही कास्की र धरानका छन् ।

अपहरणबाट मुक्त भई नेपाल फर्केका यी साहसी युवाहरुले आफ्नो दर्दनाक अपहरणको कथा यसरी सुनाए :

सुरेश गुरुङ, कास्की

म सन् २००२ को डिसेम्बर २० मा कामका लागि दुबई पुगेको थिएँ । अरु साथीहरु पनि दुबईमै रोजगारी गरिरहेका थिए । काम गर्दै जाने सिलसिलामा साथीभाइले युरोपको लोभ देखाए । पहिलो लटमा गएका साथीहरु थिए, उनीहरुले हामी युरोप आइपुग्यौं भनेर गि्रसकै नम्बरबाट फोन पनि गरे । यहाँ आएपछि ल्याउने मान्छेहरुकै राम्रो कम्पनी छ, ३ लाख रुपैयाँ मात्र पैसा लाग्छ भनेपछि हामी लोभियौं, हाम्रो गल्ती भयो ।

गि्रस जाँदा लाग्ने पैसा पनि काम गरेपछि तलबबाटै कटाउने भनेर लोभ्याए । १०/१५ हजारमा काम गर्नेहरुलाई १४ देखि १७ सय युरो अर्थात झण्डै मासिक २ लाख तलब हुन्छ भनेपछि मन नलाग्ने कुरै भएन । पहिला गएका साथीहरुले पनि त्यस्तो भनेपछि हामीले पनि होला नि भनेर विश्वास गरौं ।

अपि्रल २९ तारिखमा म साथीहरुसँग दुबईबाट हिँडे, बाटोमा धेरै दुःख पाइयो । दुबईबाट ओमन, इरान हुँदै, टर्की पुर्‍यायो । बाटामा यति दुःख पायौं कि बयान गरेर साध्य नै छैन । केही ठाउँमा हिड्यौं, काहीँ डुंगा चढाए, कहिले कार त कहिले बस चढाए । सीमामा पुगेपछि उनीहरुले हामीलाई सुरक्षा पार गर्न हिडाउँथे । कहिलेकाँही कारमा हामीलाई सुताएर प्रहरीलाई घुस दिने पनि गरेको देखियो । दुबईबाट ओमान पुर्‍याउने क्रममा हामीलाई रातभर हिडाए । उकालो ओरालो पहाड, निकै अठ्यारो बाटो थियो, खुट्टा सुन्निए ।

दलबहादुर बुढाथोकी, बाग्लुङ

डुंगामा जाँदा हामी पलपलमा मर्ने खतरा थियो । भुवन भन्ने साथीको त मृत्यु नै भयो । नेपाल फर्किएका मोहम्मद सिद्दिकी भीरबाट लडेपछि उनीहरुबाट छुटेका हुन् । हाम्रो शरीर थिलथिलो भएको थियो । हवाइ जहाजको भन्दा दु्रत गतिको डुंगा कुदाइ, बस्नलाई कुनै बस्तु थिएन, बेसरी बजारिन्थ्यो । हामी एकले अर्कालाई सहयोग गर्ने अवस्था थिएन । आप\mनो ज्यान नै सम्हाल्न मुस्किल थियो । हात फुस्क्यो कि समुन्द्रमा । अर्को डुंगामा चढाइएका १४ जना बंगाली र प्यालेस्टायनीहरुको बाटैमा मृत्यु भएको उनीहरुले कुरा गरेको सुनियो । मसहित ३ जना घाइते भयौं । थप केहीबेर यात्रा गर्नुपरेको भए म पनि बाँच्ने कुनै सम्भावना थिएन ।

दुबईबाट हामीलाई अपहरण गरेर टर्की पुर्याउन २०/२५ दिनसम्म लगाए । उनीहरुले खानचाहिँ दिन्थे । पहिले त रोजगारीकै लागि लगेका होलान् भन्ने लागेको थियो । तर, इरान पुगेपछि फसियो भनेर शंका लाग्यो । तर, समुन्द्रमा हामफाल्ने कुनै सम्भावना भएन । जहाजमा लैजाने हो, कर्मचारी बनाएर भनेका थिए । त्यसपछि सुरुमा २ लाख रुपैयाँ माग्यो । २ लाख दिँदा पनि हामी छुट्ने कुनै सम्भावना देखिएन । किनभने उनीहरुले गाइड राखेर हामीलाई टर्की पुर्‍याउने भए भन्ने ठानेर हामी उनीहरुको घेराबाट बाहिर हुन सकेनौं । त्यसपछि थप पैसा माग्छ भन्ने लाग्यो ।

२ लाख दिएपछि हामीलाई इरानबाट टर्कीतर्फ अघि बढाइयो र स्तानबुल भन्ने सीमामा लगेर राख्यो । त्यहाँबाट केहीबेर हिँडेपछि गि्रस पुगिने रहेछ ।

तर, गि्रसको सीमामा पुर्‍याएपछि हामीलाई बन्धक बनाइयो र घरमा फोन गरेर पैसा माग्न लगाइयो । सुरुमा हामीलाई नुहाइ धुवाइ गर्न भने । सबै कपडा खोलेर चेक गरे । त्यसपछि लठ्ठीमा २ प्लस ७ लेखेको देखाएर मालुम हे ? ये क्या हे ? भन्दै ९ लाख मागे । त्यसपछि २४ घण्टाभित्र पैसा चाहियो भन्दै कुट्थे । कुटाइको कुरै नगरौं ।

घरमा फोन नम्बर मागेर फोन गर्न लगाउँथे । हामीले फोनमा अनिवार्य रुनै पर्ने हुन्थ्यो । कसरी रुनु ? घरमा पनि के सोच्लान् । तर, रोएन भने कुट्थे । हामी रोएको आवाज सुनेपछि घरबाट पैसा पठाइदिन्छन् भन्ने उनीहरुको भनाइ थियो । हामीलाई हरेक दिन बिहान र बेलुका घरमा फोन गर्न लगाउने र कुट्ने गर्थे ।

झपिन्द्र खड्का, रोल्पा

उनीहरुले यति कुट्थे कि त्यसको कुनै सीमा छैन । उनीहरुको मनमा ‘हरि’ नै छैन जस्तो लाग्यो । क्रिकेटको ब्याटले हान्थे । गाउँघरमा जोत्दा गोरुलाई पनि त्यसरी पिटिँदैन । कुट्दा कुट्दै हामी बेहोस हुन्थ्यौं । उनीहरुले बढीजस्तो घुँडा र कुइनामा हान्थे । कुट्ने मानिस पसिनै पसिना भएर नुहाउन जान्थे भनेपछि सोच्नुस हाम्रो अवस्था कस्तो भयो होला ।

होस आएपछि तेरो पैसा नै आएको छैन, कुट्नै पुगेको छैन भनेर बेसर कुट्थे । केही साथीका नाडीमा उनीहरुले दाऊले काटेका चोटहरु अझै छन् । उनीहरुसँग ब्याट, दाऊ र एउटा लठ्ठी थियो, जुन यति साह्रो र बलियो थियो कि कहिल्यै नभाँच्चिने ।

सबैभन्दा धेरै कुटाइ खानेमा म पर्छु । बुबाले मलाई बन्धक बनाएको प्रहरीमा उजुरी गरेपछि उनीहरुले मलाई नै टार्जेट बनाए । प्रहरी र मिडियाको कुरा पुगेपछि मलाई कुटाइ बढ्यो । तेरो सरकारले हामीलाई केही गर्न सक्दैन, बाराक ओबामा नै आए पनि केही गर्न सक्दैन भन्दै मलाई कुटे । एक त उनीहरुले मागेको पैसा गएन, अर्कोतिर प्रहरीकोमा उजुरी भयो । नेपालबाट प्रहरी अधिकारी दिप्ति कार्की लगायतले फोन गर्नुहुन्थ्यो, मैले फोन नगर्नुस, म कस्तो समस्यामा छु भनेर भन्नुपर्‍यो र पछि उनीहरुबाट सहयोग पनि भयो । बंगालीहरु नेपाली अलिअलि बुझ्दा रहेछन्, नेपालबाट फोन गर्नासाथ मैले कुटाइ खान्थेँ । बाँचेर आउँछु भन्ने मलाई आश नै थिएन, किनभने उनीहरुले यसरी कुट्थे कि, मर्‍यो भने गाडीमा लगेर जंगलमा फालिदिन्छु भन्थे ।

उनीहरुले धेरैलाई मारेका पनि रहेछन् । हामी उनीहरुको पन्जाबाट छुटेर पुलिसकहाँ पुग्दा प्रहरीले शवहरुको फोटो देखाएका थिए । उनीहरुलाई हामी पुग्नुभन्दा झण्डै २ महिना अघि नै मारेका रहेछन् । हाम्रो सामुन्ने नियन्त्रणमा रहेका बंगलीहरुका औंलाको नङ उखेलेका थिए ।

उनीहरुले हामीमध्ये पैसा दिएका र नदिएकाहरुलाई अलग-अलग कोठामा थुनेका थिए । हात खुट्टा नबाँधे पनि कुरा गर्नसम्म दिन्न थे । एक समय त आत्महत्या गर्छु भनेर नसोचेको पनि हैन । यिनीहरुको हातबाट मर्नुभन्दा फाँसी लगाउँछु भन्ने लागेको थियो । तर, साथीहरुले हैन, यीनीहरुले जे गरे पनि मार्ने नै भएपछि अब लडौं भन्ने सल्लाह भयो ।

यसरी गरियो २० मिनेटको सफल विद्रोह

हामीले लडाइँ गर्ने दिन हामी बन्दीमध्ये तीनजना बंगालीको हात काट्ने कुरा थियो । उनीहरुले ३ जना नेपालीको कान्छी औंला काट्ने कुरा गरेका थिए । हामीले मे २४ को मध्याहृन १२ बजे लडाइँ गर्यौं । त्यो भिडन्त नगरेको भए त्यसको २ घण्टापछि नै हामीमध्ये ३ जनाका एक-एक वटा औंला काट्ने कुरा थियो । यस्तो सुनेपछि हामीले चुरोट खाने बहानामा भेटेर ५ मिनेटमै योजना बनायौं ।



विद्रोह गर्ने योजना कुसाङको हो । उनले नेपालमा फोन गरेर १२ लाख झिकाइसकेका थिए । तर, थप ४ लाख मागे । श्रीमान अपहरणमा परेको थाहा पाएपछि नेपालमा कुसाङकी श्रीमती बेहोस थिइन् । श्रीमतीलाई आईसीयूमा भर्ना गरिएको थियो ।

नेपालबाट हुण्डीमार्फत दुबईमा पैसा पठाउन लगाउँथे । दुबई प्रसा पुग्नासाथ टर्कीमा रहेका उनीहरुले पाउँथे । यसैगरी हामीमध्येका केहीले २० लाख बुझाइसकेका थिए ।

पैसा बुझाए पनि उनीहरुले छाडेनन् । फेरि अरु साथीहरुलाई गि्रसमा जागिर खान बोलाऊ भन्दै उनीहरुले दबाव दिन्थे । हामीलाई पनि त्यसैगरी अरुबाट बोलाउन लगाइएको हो । त्यसैले हामीले कि बाच्छौं कि मर्छौं  तर, अरुलाई नफसाउने प्रतिवद्धतासहित ज्यानको बाजी लगाएर हामी लड्यौं ।

दिउँसो १२ बजे हामीले लडाइँ शुरु गर्यौं । शुरुमा चुरोट पिलाउन गएको बहानामा तिलकजी उनीहरु छेउमा जानुभयो । हामी तयार भएर बस्यौं । त्यतिकैमा कुसाङलाई घरमा फोन गर्न बोलाइयो र फोन गर्ने क्रममा उनलाई कुट्न थाले । हाम्रो टिममा कुसाङ सकैभन्दा खाइलाग्दो थिए । अपहरणकारीले दाप निकालेको मौकामा कुसाङले दाप समातेर कराएपछि हामी सबै भित्रबाट गुरुरु निस्कियौं र कुटाकुट सुरु भो । करिब २० मिनेट दोहोरो भिडन्त भयो । हामीलाई थुनेर बस्ने धेरै बंगालीहरु थिए ।

हामीले एकजनाको हातखुट्टा समेत भाँचिदिएका छौं । मार्ने विचार गरेका थियौं तर कानूनी रुपमा फसिएला भनेर गरीखान नसक्ने बनाएर मात्रै छाड्यौं । हामीले एक/दुई जनालाई लडाएपछि केहीचाँहि डराएर भागे ।

झण्डै १५/२० मिनेटको लडाईका क्रममा हामीलाई पनि चोट लाग्यो तर, हामी उनीहरुलाई जित्न सफल भयौं । केहीले झ्याल फुटायौं र सडकमा निस्किएपछि स्थानीयसँग सहयोग माग्यौं । एउटा रेष्टुराँमा हामीलाई खाना दिए । उनीहरुले पुलिस बोलाएपछि हामीलाई अस्पताल लगियो र राम्रो उपचार भयो । त्यसपछि प्रहरीले ५/६ दिन थुनामा राखेपछि हामीलाई फर्काउने प्रक्रिया सुरु भयो । हाम्रो बयान लिएपछि हामीलाई प्रहरीले विदेशीहरुलाई थुन्ने अड्डामा लगे ।

त्यसपछि नेपालमा रहेका तिलकका दाजूले हामीलाई नेपाल झिकाउने पहल गर्नुभयो । आउने बेलामा आइओएमले टिकट काटेर पठायो । र, यसरी बुधबार नेपाल आइपुगियो ।

हामीलाई बंगाली कहाँ पुर्‍याउने दुबईमा रहेका देवराज शर्मा नाम गरेका झापाका व्यक्ति हुन् । उनैले हामीलाई विभिन्न प्रलोभन देखाएर गि्रस जान उकासेका हुन् । उनलाई सरकारले कारबाही गर्नुपर्छ ।

चक्रबहादुरले टर्कीमै जागिर पाए

हाम्रो अनुमानमा झण्डै ३५/४० जना नेपालीलाई उनीहरुले यसैगरी अपहरण गरेर लगेको हुनुपर्छ । हामी ८ सहित ९ जना नेपाल फर्किएका छौं भने भुवनको मृत्युभएको छ । चत्रबहादुर तामाङ भने टर्कीमै बसेका छन् । हामीलाई जेलमा थुन्ने क्रममा बंगालीले हिन्दीमा बोलेकोलाई अंग्रेजीमा अनुवाद गर्ने काम गरेकाले तामाङको टर्कीका प्रहरी प्रमुखसँग राम्रो सम्वन्ध भयो र उनलाई त्यहीँ बस्ने प्रक्रिया मिलाउन थालिएको हो ।

हामीले सुनेअनुसार एक्लै भट्दा अपहरणकारीहरुले कम्मलले छापेर गाडीमा हालेर समेत लैजाने गर्दा रहेछन् । ४ वर्षदेखि यस्तो धन्दा हुँदै आएको छ ।

नेपाल सरकार र विदेशमा बस्ने नेपालीलाई आग्रह

हाम्रो त घरबार नै गयो । सरकारले पीडित छन् भनेर उद्दार गर्छन कि भन्ने आस छ । पहाडका घरजग्गा पैसा पठाउनमै सकियो । लोभमा परेर जानु त हाम्रो गल्ती हो । तर, हामी सडकमै बस्नु पर्ने अवस्था आएको छ । सरकारले केही सहयोग गरोस् भन्ने छ । हाम्रो परिवारले जग्गाजमिन बेचेर फिरौती बुझाएकाले हाम्रो उठीवास भएको छ ।

विदेशमा बसेकाहरु साथीहरु पनि सचेत हुनुस् भन्न चाहन्छौं । कसैले लोभ देखायो भने नलोभिनुहोस् । आफ्नो सुरक्षामा ध्यान दिनोस् । हामी त फस्यौं, फस्यौं, तर अरु नेपाली दाजुभाइ नफसुन् भन्ने हाम्रो कामना छ । बिदेशमा अपहरणमा परेका नेपालीहरु नेपाल आएपछि उनीहरुले सुनाएको दर्दनाकको भिडियो हेर्नुहोस !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment