राम कृष्ण ढकाल र यम बरालको घर नायिका विपनाविरुद्ध मुद्दा

15:27 Posted by npnews

गायक रामकृष्ण ढकाल
कलाकारहरु राष्ट्रका गहना हुन भनिए पनि उनीहरुको आर्थिक हैसियत भने गहनाकै रुपमा हुने गरेको छैन । कलाकार भैसकेपछि अरुभन्दा भिन्न देखाउने ऋण–पान गरेरै भए पनि घर, गाडी खरीद गर्ने गरेका कतिपय कलाकारहरुको घर ऋण तिर्न नसकेर लिलामीमा परेको छ ।

कलाकारहरुले बैंक, फाइनान्स तथा सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसकेर आफ्नो सम्पुर्ण जायजेथा लिलाम हुन दिनु भनेको उनीहरुको आर्थिक हैसियत कमजोर रहेकाले नै हो ।
त्यसो त कलाकारहरुसंग पैसा नभएको भन्नलाई कि त पुरै बेरोजगार हुनुपर्यो तर अवस्था त्यस्तो पनि छैन । अमेरिकाको ग्रीनकार्ड प्राप्त गायक यम बराल, प्रत्येक महिना युरोपका कन्सर्टमा सहभागि हुने गायक रामकृष्ण ढकाल, भारतीय व्यपारीसंग घरजम गरेर बसेकी नायिक विपना थापासंग खाएको ऋण तिर्नसक्ने सामथ्र्य छैन भन्दा जो कोहीलाई पत्याउन गाह्रो पर्ला ! तर यस्तै भएको छ ।

भैसेपाटीस्थित दुई करोड मूल्य बरावरको घर लिलाम हुन दिने गायक ढकाल यतिवेला चर्चामा छन् । उनको चर्चा गायनको नभएर सांगीतिक क्षेत्रमा जसरी प्रवेश भए त्यसै गरी जाने भए भन्ने नै हो ।
नायिक विपना थापा
“यति प्रतिष्ठित कलाकार पनि आफूले धान्नै नसक्ने गरी ऋण लिएर आफ्नो घर र संस्थाको शेयरधनीको रकममा नै खेलवाड गर्छन् भने ती प्रतिष्ठितबाट हामीले के सिक्ने ?” ढकालकी शुभचिन्तक श्वेता कार्कीले भनिन्– ढकाल जसरी आएका थिए उसैगरी जाने भए ।”

ढकालको घर पुल्चोकस्थित श्री लालिगुरास बहुउद्देश्यीय सहकारी संस्थाले लिलाम गरिसकेको छ । यसले पनि नपुगेर बाँकी रहेको ऋण ढकालको नेपाल अधिराज्यभरिको सम्पत्तिमा मुद्दा हालेरै नभएमा उनको गाडी, तलबबाटै भए पनि असुल उपर गर्ने संस्थाले जानकारी दिएको छ ।


नेपाली सिने उद्योगमा निकै चर्चित र लोकप्रिय नायिका विपना थापा विरुद्ध ऋण असुली न्यायाधिकरणमा मुद्दा दायर भएको एक वर्ष बितिसक्दा पनि उनले कर्जा तिर्न सकेकी छैनन् । काठमाडौंस्थित नेसनल फाइनान्सबाट विपनाले हायर पर्चेज कर्जा लिए पनि कर्जाबापत सम्पूर्ण ऋण चुक्त नगरेपछि फाइनान्सले उनीविरुद्ध न्यायाधीकरणमा मुद्दा दर्ता गरेको थियो ।

उनको गाडी लिलाम गरिसक्दा पनि ऋणको पूरा पैसा चुक्ता नभएपछि उनलाई फाइनान्सले कालो सूचीमा राखेको छ । थापाले उक्त फाइनान्सलाई ८ लाख रुपैयाँ तिर्न बाँकी छ ।
गायक यम बराल
त्यसै गरी चर्चित गायक यम बरालको पनि भैसेपाटीमा रहेको घर कमलादीस्थित नेपाल फाइनान्सले लिलाम गरिसकेको छ । घर लिलामी हुनुको साथै उनको दश वर्षे वैवाहिक जीवन पनि समाप्त भइसकेको छ । श्रीमतीको वियोगमा उनी अमेरिका पलायन भए पनि क्यासिनोमा जुवा खेल्नका कारण उनी प्रहरी हिरासतमा समेत परेका छन् ।

कलाकार मात्र होइनन् चर्चित उद्योगी–व्यवसायी पनि उयही कोटीमा परेका छन् । औद्योगिक घरना एनबी गु्रपका प्रबन्ध निर्देशक एवं उद्योगी लक्ष्मीबहादुर श्रेष्ठले पनि सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि कालोसूचिमा परेका छन् । श्रेष्ठलाई काठमाडौंको थापाथलीमा रहेको इकोनोमिक बचत तथा ऋण सहकारी संस्थाले कालोसूचिमा राख्ने तयारी गरिरहेको छ ।


श्रेष्ठले एनबी इन्टरनेशनल प्रालिलाई जमानी राखेर ऋण लिएका थिए । केही बैंकहरुमा बलियो धितोसहितका कर्जा समेत नतिरेका श्रेष्ठलाई नबिल बैंकले ऋण नतिर्ने कालो सूंचीमा राखिसकेको थियो ।
भिडियो हेर्नुहोस्  

एजेन्सी
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment