पूर्वका मोडल हट र सेक्सी ! भन्छन् कथाले जे माग्छ त्यहि दिन्छौ !!!!

17:28 Posted by npnews

धरानकी खुसी राईले यसरी ग्ल्यामर रुप भिडियोमा प्रस्तुत गरिन हेर्नुहोस !!!!
नेपालमा मोडलिङको बिकाससँगै पूर्वमा पनि त्यसको प्रभाब बढेको छ । राजधानी केन्दि्रत मोडलिङ पेशा अहिले पूर्वको धरान, दमक, उर्लाबारी, बिराटनगर, बिर्तामोड लगायत शहरहरुमा पनि फस्टाइरहेके छ । पूर्वको मोडलिङले राजधानीलाई चुनौती दिएको छ । चलचित्र देखि मोडलिङ पेशामा स्थापित नायिका तथा मोडलहरुलाई छोड्ने हो भने पनि पूर्वमा नयाँ मोडलहरु उदाउने क्रम बढ्दो छ । छोटो समयममा लोकपि्रय हुने भएका कारण पनि मोडलिङमा बिशेष गरी युवतीहरुको आकर्षण बढेको देखिन्छ ।'' 

ग्रामिण भेगमा पनि मोडलिङ प्रतियोगिता हुनुले झ्नै मोडलिङमा लाग्न नयाँ पुस्तालाई प्रेरित गरेको छ । केही नयाँ मोडलहरुले कथाले मागे अनुसार खुल्ने बताउँछन् भने कति समाजले पचाउनेसम्म मात्र दृश्य दिने बताउछन् । पूर्वमा सामान्य बजेटका फिल्मसँगै म्यूजिक भिडियोहरु बन्न थालेपछि त मोडलहरुको संख्या बृद्धी भईरहेको छ । कोही छोटो समयमै चर्चा कमाउने यो क्षेत्रमा आएका छन् भने कोही करिअर नै सोचेर आएका छन् । मोडलिङ भन्ने बित्तिकै ''समाजले पहिले नराम्रो नजरले हेर्न गरेको भएपनि अहिले आएर यसलाई सामान्य रुपमा लिन थालिएको छ । पूर्वको 

मोडलिङ क्षेत्र पनि ग्ल्यामरस तथा हट बन्दै गएको छ । पूर्वाञ्चलमा हुने मिस पूर्वाञ्चल जस्ता प्रतियोगिताले मोडलिङमा आउन चाहनेहरुलाई पूलको रुपमा काम गर्दै आएका छन् । नेपाली चलचित्रहरु अश्लिल बन्न थालेपछि पूर्वको मोडलिङ पनि हट बन्न थालेको पूर्वेली निर्देशक लाखमान योन्जनको भनाई छ ।आधा दर्जन बढी म्यूजिक भिडियोहरुमा अभिनय गरिसकेकी इटहरीकी जेनि क्षेत्री ग्ल्यामर दुनियाँमा स्थापित हुने योजना रहेको बताइन् । जेनीले समन्ता, मिसन ब्याक लगायत टेलिश्रृखलामा पनि अभिनय समेत गरिसकेकी छिन् भने एक दर्जन पूर्बेली फिल्म र भोजपुरीमा पनि अभिनय गरिसकेकी छिन् । ग्ल्यामर रुपमा प्रस्तुत हुन रुचाउने जेनीले भनिन्-’कथाले मागे अनुसार खुल्ने सोच छ । समयको माग अनुसार टङकिस, बेडसिन दिन कुनै आपत्ती नभएको उनले बताईन् ।मोडलिङ ब्यक्तित्व बिकासको आगि आवश्यक अभिन्न अंग भएको उनको बुझाई रहेको छ । 

मिस लिम्बुमा मिस फोटोजेनिक भएकी मोरङ उर्लाबारीकी अनिता लिम्बु समाजले पचाउने सम्म खुल्ने सोचाईमा रहेकी छिन् । ‘मोडलिङ ब्यक्तित्व बिकासको ऐना हो’ उनले भनिन् । 'उर्लाबारीकी नायिका तथा चर्तित मोडल हरिशा बाँनियाले मोडलिङ क्षेत्रमै लागेर बाँच्ने आधार तयार हुदैं गएको बताइन् । मोडलिङ क्षेत्रमा लाग्न थुप्रै सम्झौता गर्नु पर्छ भनिन्छ नि भन्ने प्रश्नमा उनले भनिन्- ‘प्रतिभा छ भने कुनै पनि सम्झौता गर्नुपर्छ जस्तो मलाई लाग्दैन ।’झापा भद्रपुरकी जस्मीन श्रेष्ठले कथाले माग्यो भन्दैमा समाजलाई नपच्ने खालको दृष्य दिन नसकिने बताइन् ।' 

समाजले अझैसम्म पनि मोडलिङलाई नकारात्मक रुपमा लिने गरेको उनको भनाई छ । पथरीकी ईशा गुरुङ पनि चर्चित मोडल बढ्ने योजनामा छिन् ।' कथा अनुसार ग्ल्यामर रुपमा प्रस्तुत हुने उनको सोचाई छ । धरानकी खुसी राईले यसरी ग्ल्यामर रुप भिडियोमा प्रस्तुत  गरिन हेर्नुहोस !!!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment