राम्री’ देख्दा झलनाथ खनालले आँखा लगाउने गरेको खुलासा !

01:03 Posted by npnews

जुँगा दाह्रीले चुम्बनलाई छेक्दैन, घरमा श्रीमतीलाई नचाउँछु'
४ साउन, काठमाडौं । नेकपा एमाले अध्यक्ष झलनाथ खनालले मान्छेको मन लोभी हुने जनाउँदै राम्रा युवती देख्दा आँखा लाग्ने गरेको बताउनुभएको छ । आफ्नो उमेर जति भए पनि मनचाँहि २५ वर्षको युवक भन्दा पनि ‘तरुनो’ रहेको बताउँदै एमाले अध्यक्ष खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्राकार राम्री रहेको र घरमा उहाँलाई नचाउने गरेको सार्वजनिक प्रतिक्रिया दिनुभएको छ ।

शुक्रबार प्रकाशित साप्ताहिक पत्रिकालाई प्रेम र रोमान्सबारे अन्तरवार्ता दिँदै खनालले ‘जेन्डर’प्रतिको आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुभएको हो । ‘कार र मोवाइलसँग श्रीमतीको तुलना हुन सक्दैन । तैपनि सुन्दर युवती देख्दा आँखाचाँहि लाग्छ, मान्छेको मन त लोभी हुन्छ नि ।’, खनालको भनाइ छ-’खाने मुखलाई जुँगाले छेक्दैन । त्यस्तै हो, जुँगादाह्री भए पनि चुम्बनलाई छेक्दैन । मेरी नायिका मेरी श्रीमती हुन् । उनी राम्री पनि छन्, उनैलाई घरमा नचाउँछु ।’तलको बक्समा  क्लिक गरि भिडियो हेर्नुहोस !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment