ज्ञानेन्द्रका ससुरा बुहारीले देखाए नाटक.. ज्ञानेन्द्र सुतेर बसे, हिमानी बोलिनन्

10:19 Posted by npnews

बाढीपीडितको लागि राहात बोकेर सुदूरपश्चिम पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह आज आफै आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागि भएनन् । कैलालीमा रहेको रुवुस होटलमा मध्यान्न आयोजित पत्रकार सम्मेलनमा पूर्व युवराज्ञी हिमानी शाह र सचिव विजयलक्ष्मी राणा मात्र सहभागि भएका थिए । पत्रकारसम्मेलनको आयोजना गरे पनि ज्ञानेन्द्र भने होटलमा सुतेको खबर पत्रकारलाई गराइएको थियो । पत्रकार सम्मेलनमा हिमानी शाह पनि बोल्न मानिनन् । कार्यक्रममा हिमानी ट्रष्टकी सचिव विजयलक्ष्मी राणा मात्र बोलेकी थिइन । उनले बाढीपीडितलाई राहात वितरणको कार्य सकिएको भन्दै १७ गते राजधानी फर्कने कार्यक्रम रहेको बताएकी छिन् ।
ज्ञानेन्द्रलाई स्वागत गर्न जाँदा लिएको पेट्रोलको मुल्य नतिरेको भन्दै व्यवसायी आक्रोसित भएका छन् । सोही विषय उठाउने डरले ज्ञानेन्द्र पत्रकार सम्मेलनमा सहभागि नभएको पत्रकारहरुबीच चर्चा चलेको छ । हिमानी ट्रष्टबाट संकलन भएको ३९ लाख रकम बाढीपीडितलाई वितरण गर्न पूर्व राजपरिवार सूदुरपश्चिम पुगेका हुन् । ३९ लाख रकम वितरण गर्न उनीहरुले एक करोड भन्दा बढी खर्च गरेका छन् । एजेन्सी 
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment