साउदी अरेयिबामा नेपाली दैनिक ६० जना भन्दा बढी जेलमा

02:31 Posted by npnews

२८ वैशाख, काठमाण्डौं । सुन्दर भविष्यको सपना बोकेर साउदी अरेयिबा पुगेका लाखौं नेपालीमध्ये दैनिक ६० जना भन्दा बढी त्यहाँको जेलमा पर्ने गरेका छन् । साउदी सरकारले भगुवा कामदार -रनवे वर्कर)लाई काम दिने कम्पनीसँग एक लाख रियाल जरिवाना लिने र मालिकलाई दुई बर्ष जेल सजाय गर्ने नीति लिएपछि ६० देखि ७० हजार नेपाली कामदार अलपत्र परेको नेपाली दूतावासले जनाएको छ ।
रोजगारदाता कम्पनीसँग सम्झौता गरेर त्यहाँ पुगेका नेपालीले भनेजति पारिश्रमिक नपाएपछि कम्पनी परिवर्तन गर्ने गरेका छन् । त्यस्ता नेपाली साउदी सरकारको भगुवा सूचीमा पर्दै आएको अन्नपूर्ण पोष्टमा खबर छ । कामदारले त्यहाँ पुग्ने वित्तिकै आफ्नो पार्सपोट काम गर्ने सम्झौता गरेको कम्पनीलाई बुझाउनुपर्छ जसका कारण उनीहरु वैधानिक रुपमा काम परिवर्तन गर्न पाउँदैनन् ।
भगुवाको सूचीमा रहेका नेपाली कामदार मध्ये धेरैजसो जेलमा रहेको साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने । उनले आफू राजदूत भएको २२ महिना भित्रमा अलपत्र परेका १३ हजार नेपाली कामदारलाई स्वदेश फर्काएको पनि बताएका छन् ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment