नायीका एन्जेलिना जोलीले काटिन् आफ्ना दुई स्तन

03:06 Posted by npnews

भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नु होला!!!


हलिउड स्टार नायीका तथा निर्देशक एन्जेलिना जोलीले आफ्नो स्तन काटेकी छिन् । स्तनमा क्यान्सर देखिएपछि उक्त क्यान्सरबाट जोगिनका लागि स्तन काटेको बताइएको छ ।
चिकित्सकहरुले उनलाई स्तन क्यान्सर हुने ८७ प्रतिशत र गर्भासयको क्यान्सर हुने सम्भावना ५० प्रतिशत रहेको बताएका थिए । उनले लेखेको न्युयोर्क टाइम्समा लेखेको 'माइ मेडिकल च्वाइस' शिर्षकको लेखमा उनले आफ्नो आमा एक दशकसम्म क्यान्सरबाट संघर्ष गरेर ५६ वर्षको उमेरमा मृत्यु भएको बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘म चाहन्छु मेरा बच्चाहरुले पनि आफ्नो आमा गुमाउनु नपरोस् ।' उनले आफूले आफ्ना सन्तानहरूलाई नतर्सिन आग्रह गरेको समेत बताएकी छिन् ।



'जब मैले यो सत्य थाहा पाए तर मैले निर्णय गरेकी म यो समस्यालाई कम गर्ने जतिसक्दो प्रयास गर्छु र केही समयपछी मैले निर्णय लिए की म यसबाट बच्नका लागी मास्टेक्टोमी नामक अपरेशन गर्छु ।'
उनको उक्त स्तन अपरेशनका लागी करिब ३ महिना लागेको थियो । उनको उक्त अपरेसन गत अप्रिलमा सकिएको थियो । उनले आफ्नो अपरेशनका दौरान आफूलाई आफ्ना पति ब्राड पिटले निकै साथ दिएको भन्दै खुसीका साथ धन्यवाद समेत दिएकी छिन् ।
उनले अपरेशनपछी आफ्नो क्यान्सरको सम्भावना मात्र ५ प्रतिशत रहेको बताएकी छिन् । साथमा उनको लेखमा आफ्नो परिवार नै क्यान्सर पिडित भएको समेत उल्लेख गरेकी छिन् ।

  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment