साउदीमा वैध बनी काम गर्न पाइने, ७० हजार नेपालीलाई फाइदा

02:25 Posted by npnews

३० वैशाख, काठमाण्डौं । नेपालको तेस्रो श्रम गन्तव्य मुलुक साउदी अरबले आममाफी कार्यक्रम अन्र्तगत अवैध विदेशी कामदारलाई वैधानिक बन्ने अवसर दिएको छ । अप्ठ्यारोमा परेका कामदार घर र्फकन चाहे बिनाकारबाही र्फकन पाउने व्यवस्था समेत गरेको छ । यो व्यवस्थाबाट करिब ७० हजार नेपाली लाभान्वित हुने अनुमान साउदी सरकारको छ ।
आइतबार साउदीको श्रम मन्त्रालयले नेपाली दूतावासका अधिकारीलाई बोलाएर यसबारे जानकारी गराईसकेको छ । ‘अबैध ढंगबाट कार्यरत नेपालीलाई आममाफी दिँदै घर र्फकने वा वैधानिक भएर काम गर्ने अवसरमध्ये एक छनोट गर्न दिइने भएको छ,’ साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘अब नृेपाली कामदार जे चाहान्छन्, त्यही विकल्प रोज्छन् ।’ यसअघि अबैध कामदार नेपाल र्फकन चाहे केही समय जृेल सजाय भोग्नै पर्ने अवस्था रहेको कारोबार दैनिकमा खबर छ ।
पाण्डेका अनुसार यसको औपचारिक पत्र भने साउदीको परराष्ट्र मन्त्रालयमार्फत आउने छ ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment