नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत, भिडीयो !!!

02:59 Posted by npnews

काठमाडौँ- बर्मुडामा विश्व क्रिकेट लिग डिभिजन ३ जितेर आज बिहान फर्किएको नेपाली टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। शुभेच्छुक र समर्थकहरुले नाराबाजी गर्दै विजयउत्सव मनाउँदै टोलीलाई स्वागत गरेका थिए। परम्परागत नौमति बाजा, धिमेबाजासहित विजयी टोलीका सदस्यहरुलाई अहिले नगर परिक्रमा गराइँदैछ।एयरपोर्ट गौशालारातो पुलमैतिदेवीडिल्लीबजारपुतलीसडकपद्मकन्या मोडभृकुटीमण्डपसहिदगेटत्रिपुरेश्वर हुँदै राष्ट्रिय खेलकुद परिषद् पुर्‍याइने छ |मिनी टाटालाई फुलमालाले रंगाई खेलाडीलाई नगर परिक्रमा गराइएको हो।खेलकुद परिषद् हातामा खेलकुदमन्त्री रामकुमार श्रेष्ठ र सदस्यसचिव युवराज लामाले कार्यक्रममा पुरस्कारको घोषणा गर्ने कार्यक्रम छ। मन्त्री श्रेष्ठको अध्यक्षतामा बसेको राखेपको ९७औं बोर्ड बैठकले नेपाली टोलीका प्रत्येक खेलाडीलाई जनही नगद ३ लाख ५० हजार दिन सरकारलाई सिफारिस गरेको थियो। 
चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले समेत खेलाडीलाई बुधबार नै भेट्ने कार्यक्रम छ। त्यस्तै एकीकृत माओवादीले दिउँसो ४ बजे नेपाली टोलीलाई पेरिसडाँडामा सम्मान गर्ने भएको छ। सूत्रका अनुसार माओवादीले नेपाली टोलीका प्रत्येक खेलाडीलाई नगद २० हजार दिने तयारी गरेको छ। त्यस्तै नेपाल क्रिकेट संघले पनि जनही १ लाख दिने भएको बताइएको छ।  पुरा भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला !!!
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment