अभिनेत्री मनिषा कोइरालाले आफू क्यान्सरबाट पूर्ण रुपमा मुक्त

03:56 Posted by npnews

 जेष्ठ १ । अभिनेत्री मनिषा कोइरालाले आफू क्यान्सरबाट पूर्ण रुपमा मुक्त भएको बताएकी छिन् । उनले अब आफू एकदम स्वस्थ्य भएको समेत जनाएकी छिन् ।
मनिषाले बुधबार आफ्नो फेसबुकमा आफू क्यान्सरबाट मुक्त भएको भनी उल्लेख गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनले चिकित्सकबाट स्वस्थ्य भएको जानकारी पाएपछि यो कुरा सेयर गरेकी हुन् ।
४२ वर्षीया मनिषाले फेसबुकमा आफू अब क्यान्सरबाट मुक्त भएको भन्दै पहिलेकै अवस्थामा फर्किन भने केही समय लाग्ने उल्लेख गरेकी छिन् ।

मनिषाको केही समयअघि अमेरिकाको न्यूर्योकस्थित अस्पतालमा गर्भाशयको शल्यक्रिया गरिएको थियो । गर्भाशय क्यान्सरको शल्यक्रियापछि मनिषा न्यूर्योकमा नै रहेर किमोथेरापी गराउँदै आईरहेकी थिइन् ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment