बेलायतमा नेपाली ( कूक ) सेफको अभाव

01:30 Posted by npnews

३१ वैशाख, लन्डन । बेलायतमा पाँच रेस्टुरेन्ट सञ्चालन गरिरहेका मिलन भट्टराईको चिन्ता अहिले व्यापार घटबढले होइन, योग्य सेफ नभेटिएर बढेको छ । व्यवसायभन्दा सेफको खोजीमा रातदिन भौंतारिरहँदा आजित भइसके उनी ।

‘अहिले मेरो फुलटाइम कामै सेफ खोज्ने भएको छ,’ उनले गुनासो गरे, ‘बेलायत सरकारको कडाइले दुईवर्षयता बाहिरबाट ‘वर्क परमिट’ लिएर सेफ आउन छाडेपछि साह्रै अप्ठेरो परेको छ ।’ आफैं सेफ रहेका भट्टराईले रेस्टुरेन्टको दशक लामो अनुभवमा पहिलो पटक यस्तो समस्या भोगेका हुन् । ‘कुनै जमाना जागिरै दिन नसक्ने गरी मानिसहरु आउँथे, अहिले भेट्नै मुस्किल ।’ उनले भने ‘यस्तो अवस्था जारी रह्यो भने व्यवसाय विस्तार गर्न निक्कै समस्या हुने भयो ।’
भट्टराईजस्तै अरु कयौं व्यवसायीको समस्या उही छ । लन्डन नर्थफिल्डस्थित काठमाण्डौं नेपलिज क्युसिनका सञ्चाकल सुरेन्द्रप्रसाद श्रेष्ठ पनि रेस्टुरेन्टमा चाहिने योग्य सेफको खोजीमा भौतारिरहेको कान्तिपुर दैनिकमा खबर छ ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment