भण्डाफोर - बाबुलाई बाँधेर छोरीको बलात्कार(भिडीयो )

08:30 Posted by npnews

काठमाडौं । समाज बदलिंदै छ । अर्थात् समाजको विकास क्रम बढिरहेको छ । तर, हाम्रो समाजमा जंगली युगको याद आउने अपराधहरु बढिरहेका छन् । हो, काभ्रेमा हालै भएको एउटा घट्नाले जंगली समाजको झझल्को दिएको छ । गत चैत्र १३ गते १५ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेर सात जनाले जंगली मानवको परिचय दिएका छन् । प्रहरीले १५ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको अभियोगमा सिपाली चिलाउने गाविसका शंखमान मोक्तान, मेथिनकोट विशाल भनिने पञ्चबहादुर स्याङतान, शिखरआम्बोटेका कुमार विश्वकर्मा, मेथिनकोटका रामबहादुर स्याङतान, सिपालीचिलाउने गाविसका अनिल भनिने आकाश तामाङ र शिखरआम्बोटे गाविसका कृष्ण विश्वकर्मालाई पक्राउ गरेको छ । बाबु र ती बालिकामात्रै रहेको घरमा यी अभियुक्तहरु पानी पिउने निहुँमा छिरे । अनि, सुरु भयो उनीहरुको जंगली व्यवहार । उनीहरुले बाबुलाई घरको माथिल्लो तलामा लगेर हातखुट्टा बाँधेर लडाए, घाँटीमा खुकुरी तेस्र्याए र मरणाशन्न हुने गरी भक्कुचुर पिटे । त्यसपछि उनीहरु पत्याउनै नसकिने अपराधमा लागे । यस्तो जंगली अपराधपछि वृद्ध र बालिका दुबै बेहोश भए । एकान्त घरमा भएको यो अपराधबारे छिमेकीले तत्काल जानकारी पाएनन । त्यसैको लाभ लिएर अभियुक्तहरु सजिलै उम्किए । यद्यपी यो सबै अपराध कर्मको तानाबाना चाहिँ बनेपाकै महिला जानुकादेवी थापाले गरेकी थिइन् भन्ने प्रहरी अनुसन्धानले औल्याएको बताइन्छ । उनीपछि अभियुक्तहरुलाई पनि प्रहरीको नियन्त्रणमा ल्याइयो । अहिले प्रहरीले यिनलाई डाँका, ज्यान मार्ने उद्योग र जर्बजस्तीकरणीमा मुद्धा चलाएको छ । जिल्ला सरकारी वकिल कार्यालय काभ्रेले ०७० बैशाख १५ गते नै जिल्ला अदालत काभ्रेमा अभियोग दर्ता गराएको छ । अपराध जंगली तर तिनैलाई जोगाउन राजनीतिक दबाब । हो, यो बलात्कारकाण्डको योजनाकार महिलालाई छुटाउन राजनीतिक दलहरुको दबाब परिरहेको छ, प्रहरी सामु । यो जानकारी अधिकारकर्मीहरुलाई पनि रहेछ । बलात्कृत बालिकालाई अहिले सुरक्षार्थ अल्पकालीन सेफ हाउस धुलिखेलमा राखिएको छ । उनको स्वास्थ्य परीक्षण पनि गरियो काठमाडौंको शिक्षण अस्पतालमा । अधिकारकर्मीहरुले यो घट्नाको सूक्ष्म अध्ययन गरेका छन् । इन्सेक टोलीले ०६९ चैत्र २२ गते घटनास्थलमा पुगी स्थलगत अध्ययन ग¥यो । जसमा सिविन, सिभिक्ट र ओरेकलगायतका संस्थाहरूका प्रतिनिधि सम्मिलित थिए । उनीहरुले प्रहरीले घट्नालाई कमजोर बनाएको भन्दै गृह मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरी गरिसकेका छन । पीडित र उनको परिवारलाई न्याय र संरक्षण दिन एशियन मानवअधिकार आयोग, राष्ट्रिय मानवअधिकार आयोग र मानवअधिकार सम्बन्धी संघसंस्थाहरुले जोडबल गरिरहेका छन् । यो घट्नापछि काभ्रेका महिलाहरु पनि जागेका छन् । उनीहरुले बलात्कारको घट्ना बढेको भन्दै चनाखो हुन स्थानीय प्रशासनलाई दबाब दिएका छन् । काभ्रेमा यो मात्र होइन, अनेकौ बलात्कारका घट्ना भएका छन् । अपांगता भएका महिला र बालिकाहरु मुख्य निसानामा परेका छन् । धुलिखेल–भीमपोखरी खण्डमा मात्र ६ वटा बलात्कार काण्ड मच्चिइसकेको छ ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment