गाउँपञ्चायतमा युवतीको लिलामी : भाउ ६० हजार भारु

00:53 Posted by npnews

एक युवतीलाई गाउँका ठूलाठालुहरुकै सामुन्ने झण्डै एक लाख रुपैयामा लिलाम बढाबढबाट बेचिएको छ । यो खबर भारतको हो । भारतको उत्तर प्रदेशस्थित बुलन्दशहर जिल्लाको एक गाउँ पञ्चायतले एक युवतीलाई लिलामी गरेको छ । मदनपुर गाउँमा एक युवतीलाई किन्नका लागि गाउँका युवाहरु तछाडमछाड गरेपछि गाउँ पञ्चायतको बैठक बोलाएर ती युवतीको लिलाम बिक्रि गरिएको हो ।

समाचार अनुसार उक्त गाउँका एक युवकले बनारसबाट एक युवतीलाई आफ्नो गाउँको राम्रो घरानाको केटासँग बिहे गरिदिने भन्दै ल्याएका रहेछन् । ती युवकले ती सुन्दरी युवतीलाई बिहे गर्न चाहने केटाहरुले पैसा तिरेर आफुबाट ती युवतीलाई किन्न सक्ने घोषणा गरेपछि ती युवतीलाई आफ्नो बनाउन गाउँका युवा तछाडमछाड गर्न लागे । दुइ युवाबीच झण्डै कुटपिट भएन । युवाहरुको भिड अलि अनियन्त्रित हुन थालेपछि गाउँ पञ्चायतको बैठक नै बसेर व्यवस्थित रुपमा ती युवतीलाई लिलाम बढाबढबाट बेच्ने निधो गरेछ । त्यसपछि गाउँका युवाहरुले पालैपालो ती युवतीमाथि पैसाको बोलि लगाउन सुरु गरे । सुरुमा एक युवकले ती युवतीलाई आफुले ३० हजारमा किन्ने प्रस्ताव गर्यो । त्यसपछि एक पछि अर्को गर्दै युवाहरुले पैसा बढाउँदै लिलाम बोली लगाए र ती युवतीको भाउ ६० हजार भारुसम्म पुग्यो । अन्त्यमा ६० हजार भारु तिर्ने युवकले ती युवतीलाई किन्यो ।
गाउँ पञ्चायतकै सहभागितामा बाहिरबाट ल्याइएकी युवतीको किनबेच भएको घटनाले उत्तर प्रदेशमा तरंग नै मच्चाएको छ । बुलन्दशहरका एसएसपी गुलाब सिंहका अनुसार प्रहरीले यो घटनाको छानविन गरिरहेको छ ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment