राजनीतिमा आउन चाहन्छिन् ‘विवादास्पद’ विना

12:49 Posted by npnews

जेष्ठ १ । पाकिस्तानी अभिनेत्री विना मलिकले चर्चामा रहन अनेक हतकण्ठा अपनाउँदै आएकी छिन् । कहिले ‘न्यूड’ फोटोसुट त कहिले ‘एमएमएस’ले उनलाई विवाद र चर्चामा तान्ने गरेको छ ।

हालैमा भने विनाले आफू राजनीतिसँग जोडिन चाहेको बताएकी छिन् । भारतीय न्यूज एजेन्सी ‘जी न्यूज’का अनुसार बिनाले आफ्नो बाबुको सपना पूरा गर्न राजनीतिसँग जोडिन चाहेको बताएकी हुन् । उनी आफ्नो बाबुको इच्छा पूरा पनि गर्न चाहन्छिन् । तर, विनाले आफूले आफूलाई अहिल्यै राजनीतिको लागि परिपक्व भने सम्झिसकेकी छैन ।

विनाका अनुसार उनका बाबुले विना राजनीतिसँग जोडिएको देख्न चाहन्थे । बिनाका बाबु उनी पाकिस्तानमै बसेको देख्न र साधारण कुर्ता सलवार पहिरिएको समेत हेर्न चाहन्थे ।
तर, अहिले भने विना आफ्नो आगामी हिन्दी फिल्म ‘जिन्दगी ५०–५०’का कारण उत्साहित छिन् । विनाले यो आफ्नो पहिलो फिल्म भएको भन्दै भारत र पाकिस्तानमा एकैदिन फिल्म प्रदर्शन हुने बताएकी जनाइएको छ 
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment