नेपाली नागरिकता लिन खोज्ने दुई भारतीय पक्राउ

04:20 Posted by npnews

३० वैशाख, कलैया । बाराको कवहीगोठ र सिम्रोनगढमा सञ्चालित एकीकृत घुम्ती सेवा शिविरमा किर्ते विवरण पेस नेपाली नागरिकता बनाउन खोजेका दुई भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालका प्रहरी निरीक्षक रामनाथ घिमिरेका अनुसार कवहीगोठमा सञ्चालित घुम्ती सेवा शिविरमा हर्दिया-६ बस्ने इमरित यादवले २१ वर्षीय भारतीय नागरिक भुकी नारायण यादवलाई छोरा बनाइ नेपाली नगरिकता दिलाउन खोजेको थियो ।
यसैगरी सिम्रोनगढ घुम्ती सेवा शिविरमा बारा हरिपुर-४ बस्ने हृदयनारायण साह कानुले भारतीय नागरिक मनोजकुमार साहलाई छोरा बनाइ नेपाली नागरिकता बनाउन लागेको थियो । दुवै माथिको अनुसन्धान जारी राख्न जिल्ला अदालतले हिरासतको अवधि बढाइदिएको छ । रासस
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment