पैसा कमाउन मलेसिया पुगेका युवा घाउ लिएर फर्किए

03:33 Posted by npnews

२७ वैशाख, क्वालालम्पुर । वैदेशिक रोजगारी गर्न मलेसिया पुगेका तीन नेपाली युवा ११ महिनाको जेल बसाइपछि बिहीवार नेपाल र्फकेका छन् । ओखलढुंगा फेदीगोठ-५ का ४५ वर्षीय पदमवहादुर खत्री, रुकुमका २६ वर्षीय नारायण सुनुवार र लप्सीफेदी काठमाण्डौका ३३ वर्षीय अकलबहादुर बम्जन प्रवासी नेपाली समन्वय समितिको पहलमा नेपाल फर्किएका हुन् । जेलबाट छुटेका उनीहरुको शरीरभरि घाऊ पाके छ ।
मलेसियाको सावा जेलमा गत वर्षको जुन ७ तारिखदेखि उनीहरुले कैदी जीवन बिताउदै आएका थिए । काठमाण्डौको वालकुमारीमा रहेको इण्टर नेशनल मेनपावरले न्युनतम तलब ८ सय दिने भन्दै गार्डनर भिषामा पदमबहादुरलाई ४० हजार रुपैया लिएर मलेसिया पठाएको थियो । तर, मलेसियामा भनेको काम नदिई रुख काट्ने काममा उनलाई लगाइएको थियो । पहिलो महिना आफुले बढीमा ४ सय ७५ रिंगेटदेखि ३ सय १५ रिंगेटसम्म तलब बुझेको उनले अनलाइनखबरलाई जानकारी गराए । अर्को महिनामा काम र दाम कम्पनीले दिन छाडेेलगत्तै प्रहरीले समातेको पदमको भनाइ छ । ‘हामीलाई किन समातियो र जेल हालियो, थाहा भएन ।’ उनले भने ।
पदमसँगै काम गर्ने नारायण सुनुवारले पनि पदमले जस्तै जेल सजाय भोग्नु परेको छ । गत वर्षको अपि्रल २५ का दिन कनेक्सन मेनपावरलाई बेसिक तलव ५ सय ४६ रिंगेट पाउने शर्तमा ६० हजार रुपैया बुझाएर कार्पेन्टरको भिषामा मलेसिया पुगेका सुनुवारलाई पनि कन्ट्रयाकमा रुख काट्ने काममै लगाइएको थियो । उनले पहिलो महिनामा ५ सय र दोस्रो र तेस्रो महिनामा क्रमश दुई सय र एक सय रिगेट तलब बुझेका थिए । चौथोे महिनामा उनलाई प्रहरीले समातेको थियो ।त्यस्तै हुमन मेनपावरवाट जुलाई १ तारिखमा नर्सरीको भिषामा ६५ हजार रुपैया बुझाएर मासिक ७ सय ५० रिंगेट तलब पाउने शर्तमा मलेसिया पुगेका अकलबहादुर बम्जनलाई पनि रुख काट्ने काम लगाइएको थियो । उनले पहिलो महिनामा ५ सय २१ र दोस्रो महिनामा ३ सय ६५ मात्रै तलव बुझेको बताएका छन् । साक्षर मात्रै रहेका उनीहरुलाई किन समातिएको हो, आफुहरुले जानकारी नपाएको बताउँदै आएका छन् ।
अकलवहादुर जेलमा रहेको जानकारी मलेसियाबाटै एक नेपालीले परिवारलाई दिएका थिए । त्यस पश्चात परिवारले काठमाण्डौमा रहेको प्रवासी नेपाली समन्वय समिति -पिएन्सीसी) लाई सहयोगका लागि अनुरोध गरेका थिए । संस्थाले सावा जेलबाट परिवारमा खबर पठाउने नेपालीसँग सम्पर्क गर्दा परिवारले पचास हजार पठाए मात्र उनलाई नेपाल फर्काउन सक्ने जानकारी गराएका थिए । जेलमा रहेका नेपालीको सम्वन्धमा टिकटको व्यवस्था गर्न भनी दुतावासमा खबर भएको तर दुतावासले टिकटको व्यवस्था गर्न नसकेको जानकारी गराएको थियो ।आप्रवासी कामदारको उद्धारमा सहयोग गर्दै आएको अन्तराष्ट्रिय आप्रवार्सी सगठनसँगको समन्वय र आर्थिक सहायतामा दुई महिनाको लामो प्रयासमा तीनै जना नेपाल र्फकन सफल भएको पिएनसीसीका कार्यक्रम संयोजक पार्वता अधिकारीले जानकारी दिइन् । बम्जनको खोजीनीति गर्दै गर्दा पदमवहादुर र नारायण सुनुवार पनि सोही जेलमा फेला परेपछि उनीहरुलाई पनि विहीबार नै नेपाल फर्काइएको थियो । पदमबहादुर र नारायण दुवैका परिवारले भने उनीहरु जेलमा परेको अवस्थादेखि काठमाडौसम्म आइसक्दासम्म कुनै खबर पाउन सकेका थिएनन् । यसरी कामदारलाई बिजोग बनाउने मेनपावरमाथि कुनै कारवाही भएको छैन ।
जेलबाट छुटेका तीनैजनाको स्वास्थ अवस्था एकदमै नाजुक देखिएको छ । जीउभरि घाउ आएर पाकेको र हिँड्न पनि नसक्ने अवस्थामा उनीहरु यतिवेला नेपाल फर्केका छन् । स्थिति हेर्दा उनीहरुको लामो र खर्चिलो उपचार गर्नुपर्ने देखिएको छ । तर, पीडितहरुका साथमा उपचारका लागि एक पैसा पनि छैन ।
घर र्फकन थाल्दा एयरपोर्ट वाटै जेलमा
तीन वर्ष काम गरेर घर र्फकन थालेका एक व्यक्ति एयरपोर्टवाटै समातिएर जेलमा जान्छन् भने कस्तो पीडा होला ? मलेसियामा यस्तै पीडा भोग्नुपरेको छ सर्लाहीका सिकिन्दर दासले । मलेसियाको तीन वर्ष करार अवधि सकेर घर र्फकन थालेको अवस्थामा अर्कैको पासपोर्ट लिएर गएको भन्दै उनलाई स्थानिय अध्यागमनले पाँच महिना अगाडि पक्राउ गरेको हो । घर जानेबेलामा उनका साथमा कम्पनीले झुक्किएर सर्लाहीकै मञ्जुर मन्सुर नामको पासपोर्ट दिएको थियो । नहेरिकन त्यही पासपोर्ट बोकेर घर र्फकन थालेको अवस्थामा उनी अध्यागमनवाटै समातिएका हुन् । हाल उनी लिम्कोन जेलमा रहेको बुझिएको छ । उनलाई नेपाल पठाउने तयारी भैरहेको नेपाली दुतावासले जनाएको छ । ‘आवश्यक कागजपत्र मगाइसकेका छौं, टिकटको पहल गरिरहेका छौं, अब उनी छिट्टै नेपाल र्फकन्छन् ।’-दूतावासका द्वीतीय सचिव दूरापता सापकोटाले भन्नुभयो ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment