कसैले नपत्याएपछि जन्मेको ‘कर्कश’

03:22 Posted by npnews

‘कर्कश’को कथा बोकेर केही निर्माताको ढोका ढककाउँदा निर्देशक तथा निर्माता आशिफ शाह हैरान बनेका थिए । ‘कर्कश’को कथालाई कसैले पनि नरुचाएपछि उनी सिनेमा कसरी बनाउने भनेर धेरै गम्भिर बने । चलेका निर्माता माधव वाग्ले, नरेन्द्र महर्जन र आफ्नै निकटका केही दाजुहरुले नपत्याएपछि उनलाई ‘कर्कश’ आफै निर्माण तथा निर्देशन गर्ने हिम्मत आएको थियो ।


कर्कश’को कथा ‘लुट’ निर्माण हुनुभन्दा अघि नै लेखिएको थियो । आज चलचित्रको प्रोमो र गीतका बारेमा राम्रो चर्चा सुन्दा आशिफ भन्छन्, ‘जब कसैले पत्याएनन् यसपश्चात मैले आफैलाई विश्वास गरे र सिनेमाको निर्माण निर्देशन दुबै सम्हाले ।’
दयाहाङ राई, सुरज सिंह ठकुरी, रेमनदास श्रेष्ठ, हर्षिका श्रेष्ठ लगायतका कलाकारलाई लिएर उनले ‘कर्कश’को निर्माण निर्देशन गरे । जेठ ३१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कर्कश’ले आज बजारमा राम्रो चर्चा पाएको छ । यो बर्षको प्रतिक्षा गरिएको सिनेमामा ‘कर्कश’ पनि पर्छ ।
आखिर के हो त ‘कर्कश’, अनलाइनखबरको प्रश्नमा निर्देशक शाहले भने, ‘यो ठमेलमा जन्मिएको एक ब्यान्डको कथा हो । तर म्यूजिक स्टोरी पनि होइन ।’ आशिफले एउटा यस्तो ब्यान्ड जसले सिर्जना गरेको म्यूजिक सुन्दा निक्कै ‘कर्कश’ लाग्ने भएकाले सिनेमाको नाम ‘कर्कश’ राखिएको जानकारी दिए ।
त्यतिबेला यस्ता खालका सिनेमाको ट्रेन नभएकाले निर्माताहरुले नपत्याएको हुनसक्ने सोच आशिफको छ । तर आज तिनै निर्माताहरु ‘कर्कश’को प्रोमो र गीत देखेर लोभिदा खुशी लागेको उनको तर्क छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment