बराहक्षेत्र मन्दिरमा श्राद्ध गर्न पुगेका एकै परिवारका तीन जना नदीमा डुबेर बेपत्ता

03:19 Posted by npnews


,बैशाख २६ । मातातीर्थ औंसीमा सुनसरीको बराहक्षेत्र मन्दिरमा श्राद्ध गर्न पुगेका झापाका तीन जना सप्तकोशी नदीमा डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेहरु झापा शान्तिनगरका एकै परिवारका ४० वर्षीय रमेश बास्कोटा, ३५ वर्षीय गोपाल बास्कोटा र काकडभिट्टाका ५५ वर्षीय ज्ञाननाथ बास्कोटा छन् । रमेश र गोपाल दाजुभाइ हुन् भने ज्ञाननाथ बडा बा हुन् । मन्दिरमा पूजा सकेर पिण्ड सेलाएपछि बात्ति दिने क्रममा मध्यान्न करिब साढे १२ बजे तीनै जनालाई कोशीले बगाएको अस्थायी प्रहरी पोष्ट बराहक्षेत्रका हवल्दार वीरेन्द्र यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार झापाबाट २१ जनाको टोली बराहक्षेत्र पुगेका थिए । श्राद्ध गर्न पुगेको झापाली टोलीमा अधिकांश बास्कोटा परिवारका सदस्य थिए । बास्कोटा परिवारसँग बराहक्षेत्र पुगेका यदु घिमिरेका अनुसार बात्ति सेलाउने क्रममा शुरुमा बडाबा ज्ञाननाथ नदीमा खसेका थिए । उनी कोशीमा खसेपछि बचाउन गएका रमेशलाई पनि ज्ञाननाथसँगै बगे । त्यसपछि बडा बा र दाजुलाई बचाउन नदीमा पसेका गोपाल पनि उनीहरुसँगै वेपत्ता भएको घिमिरले बताए ।nayakhabar

  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment