सप्तरीको रुपनीमा झडप, चौध प्रदर्शनकारी नियन्त्रणमा

18:17 Posted by npnews

सप्तरीबन्द आह्वानकर्ता र प्रहरीबीच आज पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा झडप भएको छ। बन्द आह्वान गरेको सद्‍भावना पार्टीका कार्यकर्ता र प्रहरीबीच केही बेरअघि झडप भएको हो।सोक्रममा सद्‍भावना पार्टीका जिल्ला अध्यक्ष सुनीलकुमार झासहित एक दर्जनभन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बन्द सफल बनाउन सडकमा उत्रेका प्रदर्शनकारीले यातायातका साधनमा तोडफोड गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। 
प्रहरीले अध्यक्ष झासहित विद्यार्थी मञ्चका केन्द्रीय सहअध्यक्ष किशोरकुमार यादवकेन्द्रीय सदस्य शम्भु यादवसद्भावना पार्टीका जिल्ला सचिव हरेराम यादवकोषाध्यक्ष शैलेशकुमार साहयुवा नेता दिनेश यादवविद्यार्थी मञ्चका ध्रुव मण्डलदुर्गा ईसररामचन्द्र यादवसहित १४ जनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीले नियन्त्रणमा लिने क्रममा आफूहरुलाई निर्घात कुटपिट गरेको प्रहरी नियन्त्रणमा रहेका विद्यार्थी मञ्चका केन्द्रीय सहअध्यक्ष किशोरकुमार यादवले जनाकारी दिए। विभिन्न माग राखेर सद्‍‍भावना पार्टीले आह्वान गरेको एक दिने बन्दका कारण आज बिहानैदेखि सप्तरीको जनजीवन प्रभावित भएको छ। 

बन्दका कारण यहाँबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् भने पसलउद्योगधन्दा बन्द छन्। बन्द सफल बनाउन उनीहरुले बिहानैदेखि झण्डासहित सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन्।

बन्दबाट भने विद्यालय तथा अन्य शैक्षिक संस्थामा कुनै असर परेको छैन। रासस
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment