विवाहमण्डपबाटै दुलाहा दुलहीलाई पक्राउ

02:43 Posted by npnews

२७ वैशाख, सुर्खेत । जिल्ला प्रहरी कार्यालयले बालबिबाह गरेको आरोपमा बुधबार विवाहमण्डपबाटै दुलाहा दुलहीलाई पक्राउ गरेको छ । पक्राउ परेका दुबैलाई बिहीबार आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
वीरेन्द्रनगरका कमल शाही र मञ्जु माझी -नाम परिवर्तन) लाई बुधबार साँझ प्रहरीले विवाह गर्न लागेको अवस्थामा मण्डपबाटै पक्राउ गरेको थियो । दुवैलाई दुलाहा दुलहीकै पहिरनमा जिल्ला प्रहरी कार्यालय ल्याइएको थियो ।
दुलहीकी आमाले बुधबार आफ्नी छोरीको बालविवाह गराउन लागिएको भन्दै रोक्न माग गरी जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि पक्राउ गरेर ल्याएको प्रहरीले जनाएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।
दुलहीकी आमाले आफ्नी १५ बर्षकी छोरीलाई ललाई फकाई २३ बर्षको केटासँग विवाह गर्न लागेको भन्दै निवेदन दिएकी थिइन् । दुलही माझीले भने आफू १५ नभई १८ बर्षको भएको दाबी गरिने । उनले आमाको र केटाको धर्म फरक भएकाले आफूलाई छुटाउन खोजेको बताईन् । ‘मेरी ममी क्रिस्चियन हुनुहुन्छ, म हिन्दु हुँ,’ उनले भनिन् ‘मलाई हिन्दूसँग गई भनेर छुटाउन लागिएको हो ।’ दुलाहाले पनि आफूहरुको धर्म फरक भएकाले नै विवाह छुटाउन खोजेको आरोप लगाएका छन् ।
  • Digg
  • del.icio.us
  • StumbleUpon
  • Yahoo! Buzz
  • Technorati
  • Facebook
  • TwitThis
  • MySpace
  • LinkedIn
  • Live
  • Google
  • Reddit
  • Sphinn
  • Propeller
  • Slashdot
  • Netvibes

0 comments:

Post a Comment